पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुई सिनेमा हल क्युएफएक्स र मिडटाउनमा राखिएको रिभ्यू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ ।
विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपका विषयमा चर्चा गरिएको छ । संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ नेपाल कास्कीको क्रियाशिलता प्रशंसनिय रहेको उल्लेख गरे । २०६० साल असार २२ गते आफ्नो नेतृत्वमा संघको स्थापना गर्दा चलचित्र पत्रकारिता पोखरामा नगन्य भएको र हाल आएर यसले विस्तार रुप लिँदै आएको बताए ।
पोखराबाट प्रकाशित हुने पत्रिकामा मनोरञ्जन बीटलाई स्थान नदिनु दुखद भएको भनाई उनको छ ।
निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बीटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सिनेमा मार्फत विभिन्न मुद्धाहरुको उठान हुने भएकाले विषयगत रिर्पोटिङ सिनेमा मार्फत पनि गर्न सकिने भनाई उनको छ ।
संघका सल्लाहकार सुरेश रानाभाटले चलचित्र पत्रकार संघ नेपाल कास्कीले आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका कामहरु उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटनलाई जोडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिने भनाई उनको छ ।
संघका अध्यक्ष प्रभु अधिकारीले कास्कीको चलचित्र पत्रकारितालाई बढ्वा दिँदै जाने उल्लेख गरे । सबैका सुझावलाई आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने भनाई उनको छ । चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणमा फरकपन आएको बताउँदै समयसापेक्ष कार्यक्रम गर्ने उनले बताए ।
कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्वसहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ (सुमन) ले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।
सम्बन्धित खबर
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ
शनिबार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुँदै
अनेरास्ववियु स्थापना दिवसको अवसरमा वक्तृत्वकला, मोनिका प्रथम
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
रोजगारमैत्री प्रदेश निर्माणका लागि गण्डकी र बागमतीबीच अनुभव आदानप्रदान
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु