पोखरा १५ नयाँ गाउँमा अवस्थित आईएसएमटी कलेज पोखरामा डाटा साइन्स एण्ड एआई फाउण्डेशन कोर्स तालिम सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रम असार १० गतेदेखि २३ गतेसम्म सञ्चालन भएको थियो ।
दुई हप्तासम्म संचालन रहेको उक्त कोर्षमा ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । कलेजको आईटी संकायका एआई बिषयका शिक्षक एवं डिपार्टमेन्ट हेड – कम्प्युटिङ शरण कार्कीले सहजीकरण गरेका थिए । यस कोर्षवाट विद्यार्थीले तथ्यांक संकलल, तथ्यांक प्रशोधन एवं रुपान्तरण र एआई टुल्स प्रयोग गरी डाटा भिजुअलाइजेसन गर्न सक्नेबारे जानकारी गराए ।
असार ३१ गतेबाट सुरु हुने गरी रजिस्ट्रेसन खुलेको कलेजले जनाएको छ । तालिम लिन इच्छुक विद्यार्थीले गुगल फर्म भर्न सक्नेछन् वा सोझै कलेजमा ०६१४३३८२६ वा ०६१४३५४३६ मा सम्पर्क गरेर आफ्नो सीट बुक गर्न सक्नेछन्।
विद्यार्थीहरुले यो कोर्ष आफुहरुलाई महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए । सहभागी विद्यार्थीलाई सहजकर्ता कार्की तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कलेजले आईटी पढ्न चाहने विद्यार्थीहरुको लागि आगामी दिनमा डाटा साइन्स र एआई लगायत डिजिटल मार्केटिङ र हाउस किपिङ जस्ता विषय पनि यस्तै निःशुल्क ट्रेनिङहरु दिँदै जाने योजना रहेको अप्रेशन एवंं मार्केटिङ म्यानेजर शिव पौडेलल जानकारी दिए ।
असार ३१ गतेबाट सुरु हुने गरी रजिस्ट्रेसन खुलेको कलेजले जनाएको छ । तालिम लिन इच्छुक विद्यार्थीले गुगल फर्म भर्न सक्नेछन् वा सोझै कलेजमा ०६१४३३८२६ वा ०६१४३५४३६ मा सम्पर्क गरेर आफ्नो सीट बुक गर्न सक्नेछन्।
आईएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो । आईएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।
कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आईएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह