पोखरामा बिहीबारदेखि एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ ।
पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए ।
धार्मिक अथवा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको बिकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समिति संग साथमा रहेर सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । स्थानीय निकायहरु संग सहकार्य गरेर खाली जग्गाहरु प्राप्त गर्न सकेको खण्डमा योग र ध्यान शिविरका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने समेत मन्त्री थापाले प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले मानिसहरु भौतिक सुख शान्ति खोजिरहदा विभिन्न दुखमा परिरहेको बताउदै अध्यात्मिक कार्यक्रमहरुले दुःखलाई भुल्याउन सहयोग पुर्याउने बताए ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर पोखरा महानगरपालिका ७, ८, ९, ६, १७ नम्बर वडाका प्रमुख धार्मिक स्थल रहेको बताउदै मन्दिरको संरक्षणका लागि सम्पूर्णले चासो दिनुपर्नेमा जोड दिंदै कार्यक्रमको सहयोगार्थ एक लाख रुपैया प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले श्रावण महिनाभर आयोजना हुने धार्मिक कार्यक्रमले आध्यात्मिकता तर्फ मानिसहरुलाई जागरुक गराउन सहयोग पुग्ने बताए । भौतिक पूर्वाधार निर्माण संगै आध्यात्मिक कार्यक्रमहरुलाई समेत समेटेर लैजान प्रमुख अतिथि समक्ष आग्रह समेत गरिन्।
सो अवसरमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज, बृन्दावन धाम डांडाको नाकका विष्णु वशिष्ठ महाराज, पोखरा विश्वविद्यालयका डीन डाक्टर दयाराज ढकाल, निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतले बोलेका थिए । श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण बरालले गरेका थिए ।
सो अवसरमा धर्मप्रचारिका जमुना माता र बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषदका अध्यक्ष विजय बजगाइ लगायत समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।
श्रावण १० देखि भदौ १० सम्म आयोजना हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजले प्रवचन प्रदान गर्नेछन् भने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिनेछन् । हरेक दिन ११ बजे देखि २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’