यतिबेला गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे विवादमा तानिएका छन् ।
रक्सी खाएर सुतेपछि आन्दोलनले केही फरक पार्दैन भनेर यातायात व्यवसायीसामू गैर जिम्मेवार जवाफ दिएपछि विवादमा तानिएका मनाङे २ दिन नबित्दै फेरि भित्री गञ्जी लगाएर मन्त्रालय कार्यकक्षमा बसेको तस्वीर भाइरल बनेको छ ।
पोखरामा राइड शेयरिङलाई सञ्चालन गर्न दिने कार्यविधि बनाउने विषयलाई यातायात व्यवसायीहरु आन्दोलित बनेका बेला मनाङेले गैर जिम्मेवार जवाफ दिएपछि विवादमा तानिएका हुन् ।
आन्दोलनरत व्यवसायीका माग सम्बोधन बारे बोल्दै मनाङेले गैर जिम्मेवार जवाफ दिएका थिए । ‘२४ घण्टामा अलिअलि रक्सी खान्छु अनि सुत्छु । हुने के हो र ? सरकारले उनीहरूको माग पूरा गर्नै सक्दैन,’ उनले भनेका थिए ।
व्यवसायीहरूले शनिबारसम्म राइड शेयरिङबाट पछि नहटे प्रदेशभरि गाडी ठप्प पार्ने र आन्दोलन चर्काउने चेतावनी दिएका छन् । तर, मनाङे राइड शेयरिङलाई वैध बनाउने अडानमा छन् ।
गन्जी लगाएर कुर्सीमा मन्त्री
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय स्थित मन्त्रीकै कार्यकक्षमा मनाङे भित्री गञ्जी ‘सेन्डो भेस्ट’ लगाएर कार्यकक्षमा बसेका छन् ।
मन्त्रीको कार्यकक्षमा झुण्डाइएको नेपालको निशान छाप, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मुन्तिर उनी घरको बेडरुममा सुत्ने बेला लगाउने पोशाकमा सजिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सार्वजनिक भएको निजको तस्बिर चाहिँ केही दिनअघिको हो । उनलाई धेरैजसोले छवि अनुसारको फोटो भनेर कमेन्ट गरेका छन् । मनाङ्गे अर्थात् ‘म नाङ्गै’ विशेषण लगाइएको छ ।
फोटोमा देखिएको उनको हाउभाउले कार्यकक्षमा कुनै टोली वा व्यक्तिसँग कुराकानी गरिरहेको अनुमान लगाउन सकिन्छ ।
मन्त्रालयका एक कमर्चारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘सो दिन उनी गञ्जी लगाएरै कार्यकक्षमा बसेका थिए । मदिरा पिउँदै हामी (कर्मचारी) माथि अपशब्द प्रयोग गरे । सेवाग्राहीलाई पनि त्यही हुलियामा भेटे ।’
राज्यले सम्मानित ओहोदामा बसेकाले औपचारिक कार्यक्रम र स्थलमा जाँदा लगाउने पोशाकसम्बन्धी निश्चित मापदण्ड बनाएको छ । मन्त्रीले सँधै मर्यादित पोशाक लगाउनुपर्नेमा मनाङे यसरी प्रस्तुत भएका हुन् ।
प्रदेश सरकारमा मनाङे छैठौंपटक मन्त्री नियुक्त भएका हुन् । नेपालमा यो ऐतिहासिक रेकर्ड नै हो । स्वतन्त्र उम्मेदवार मनाङे मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्विरोध विजयी भएका हुन् । अघिल्लो पटक भने काँग्रेस उम्मेदवारलाई हराएका थिए । एमालेको मौन समर्थनमा उनले जितेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ