रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराको १२ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले १२औं अध्यक्षको रुपमा रोटा वर्ष २०२४/२५ का लागि श्रीनाथ वाग्ले चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट रोट्रयाक्ट प्रतिनिधि(डीआरआर ) ३२९२ विक्रम क्षेत्रीले आफू पनि रोट्रयाक्टमा धेरै वर्षबाट लागेको र रोट्रयाक्टमा लागेको मान्छे कुनैपनि कुराले पछि नपरेको बताए ।
विशेष अतिथि रोटरी क्लब अफ पोखरा न्यूरोडका दिपेन्द्र शर्माले युवाहरु सामाजिक कार्यमा शुद्ध चित्तका साथ लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ रहने बताए ।
रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराले ११ कार्यकाल पूरा गरेर हाल आफ्नो १२ औं वर्ष सेवामा चलिरहेको छ। अहिले ८० जना भन्दा बढी सक्रिय सदस्यहरू संलग्न छन् । क्लबमा ६ जना नयाँ सदस्य पनि भित्र्याइएको छ ।
कार्यक्रमको समापन सत्रमा आफू पदस्थापित भइसकेपछि अध्यक्ष वाग्लेले १५ सदस्यसहितको बोर्ड अफ डिरेक्टरहरु चयन गरेका छन् ।
अध्यक्ष श्रीनाथ वाग्लेको टिममा निवर्तमान अध्यक्ष सुनिल पराजुली, उपाध्यक्ष शिवानी छेत्री र भरत रानाभाट, सचिवमा विजय सुवेदी, कोषाध्यक्षमा विकास सुनार, सहसचिवमा सागर पौडेल, सहकोषाध्यक्षमा बिनय कार्की, क्लब एड्मिनिस्ट्रेसन चेयरमा अच्युत पराजुली, सर्ज-एट-आम्समा प्रजित खनाल, रोटरी फाउण्डेशन चेयरमा बेन गौर, प्रोफेसनल डेभलपमेन्ट चेयरमा अन्गना सुवेदी, मेम्बरशीप चेयरमा श्रद्धा रेग्मी, सर्भिस प्रोजेक्ट चेयरमा सदिक्षा पोख्रेल, पब्लिक ईमेज चेयरमा आशिष पुरी र ईन्टरनेशनल सर्भिस चियरमा विक्रम शाही ठकुरी चयन गरिएकाे छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन