पोखरा । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु कास्कीले विद्यार्थी बोक्न प्रयोग हुने बसलाई नियमित चेकजाँच गर्न माग गरेको छ ।
स्कुल बसहरूले सीट क्षमताभन्दा बढी विद्यार्थी बोक्दा दुर्घटना बढेको भन्दै अनेरास्ववियु कास्कीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।
अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलसहितको टोलीले ५ बुँदे माग राख्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ध्यानाकर्षण गराए । २४ घण्टे अल्टिमेटमसहित छानविनका लागि माग पनि गरेका छन् ।

विद्यार्थी ओसारपोसार गर्ने बसहरूको नियमित रूपमा चेकजाँच गर्न र अत्याधिक गतिका साथ गुडाइएको पाइएको भन्दै कानूनी दायरामा ल्याउन माग गरिएको अध्यक्ष पोखरेलले बताए ।
यस्तै सीट क्षमताभन्दा बढी विद्यार्थी राख्ने, अन्य व्यवसायमा सञ्चालित बसलाई खाली समयमा विद्यालयले प्रयोग गर्ने, मापदण्ड विपरीत र दुर्व्यसनीमा फसेका व्यक्तिले विद्यालयको बस चलाउने देखिएको भन्दै कारबाहीको माग गरिएको छ ।
माग समाधानका लागि अनेरास्ववियुसहित जिल्ला शिक्षा कार्यालय कास्की, प्याब्सन, एनप्यव्सन सहितको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।


सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह