पोखरा । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु कास्कीले विद्यार्थी बोक्न प्रयोग हुने बसलाई नियमित चेकजाँच गर्न माग गरेको छ ।
स्कुल बसहरूले सीट क्षमताभन्दा बढी विद्यार्थी बोक्दा दुर्घटना बढेको भन्दै अनेरास्ववियु कास्कीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।
अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलसहितको टोलीले ५ बुँदे माग राख्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ध्यानाकर्षण गराए । २४ घण्टे अल्टिमेटमसहित छानविनका लागि माग पनि गरेका छन् ।

विद्यार्थी ओसारपोसार गर्ने बसहरूको नियमित रूपमा चेकजाँच गर्न र अत्याधिक गतिका साथ गुडाइएको पाइएको भन्दै कानूनी दायरामा ल्याउन माग गरिएको अध्यक्ष पोखरेलले बताए ।
यस्तै सीट क्षमताभन्दा बढी विद्यार्थी राख्ने, अन्य व्यवसायमा सञ्चालित बसलाई खाली समयमा विद्यालयले प्रयोग गर्ने, मापदण्ड विपरीत र दुर्व्यसनीमा फसेका व्यक्तिले विद्यालयको बस चलाउने देखिएको भन्दै कारबाहीको माग गरिएको छ ।
माग समाधानका लागि अनेरास्ववियुसहित जिल्ला शिक्षा कार्यालय कास्की, प्याब्सन, एनप्यव्सन सहितको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।


सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’