पोखरा । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगर कमिटीले आइतबार युवा संघ नेपालका इन्चार्ज राजीव पहारीलाई सम्मान गरेका छन् ।
नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका पहारीलाई पार्टीका गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले दोसल्ला र सम्मानपत्र प्रदान गरे ।
नेता पहारीले नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकबाट कास्की क्षेत्र नम्बर ३ र युवा संघ नेपालको इन्चार्जको जिम्मेवारी पाएका छन् । पार्टीका गण्डकी प्रदेशका इन्चार्ज गुरुङले सबै निराशाजनक अवस्थालाई आशामा परिणत गर्न एमाले लागेको बताए । उनले सबै खालका चुनौतीलाई सहज ढंगले समाधान गर्न पार्टी लागेको उल्लेख गरे ।
‘युवा निराशा हुनु हुँदैन । एकताबद्ध बन्नुपर्छ,’ उनले भने, ‘हामी राजनीतिक परिवर्तनको संक्रमणकालीन अवस्थामा छौं । यो अवस्थामा विकृति र नकारात्मक सांच हाबी हुन सक्छ । यो क्षणिक भएकाले युवा निराशा भएर विचलित हुनु हुँदैन ।’
उनले ग्रामीण निर्वाहमुखी अर्थतन्त्र विघटन हुने बेलामा धेरै जनशक्ति विदेशिन सक्ने उल्लेख गरे । यस्तो अवस्थामा सहर केन्द्रीत भएर विदेशिने जानकारी दिँदै उनले राजनीतिक स्थायित्व भएपछि सबै विकृति अन्त्य हुने सुनाए ।
आफू नेकपा माले कास्कीको संस्थापक उपसचिव भएको र दोस्रो कार्यकालमा सचिव भएको जानकारी दिँदै उनले आफ्नो भूमिगत राजनीतिक पृष्ठभूमि कास्कीसँग जोडिएको उल्लेख गरे । नेकपा (एमाले) कास्की इन्चार्ज कृष्ण थापाले युवालाई शिक्षित र सचेत बनाउन पार्टीले अभिभावकको भूमिका निर्वाह गर्ने जनाए ।
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज पहारीले ५ वर्षपछि युवा संघसँग जोडिएको सम्झना गरे । उनले पदीय जिम्मेवारीमा रहँदासम्म युवा संघलाई उचाईमा पुर्याउन ईंट्टा थप्ने उनको वाचा छ ।
राष्ट्रिय युवा संघ नेपालका स्थायी समितिका सदस्य विकास अधिकारी, युवा संघ नेपाल कास्की अध्यक्ष शंकर पौडेल, कास्की सचिव उमेश गुरुङ, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ लगायतले समसामयिक राजनीति र युवाको भूमिकाबारे बोलेका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह