सोमबार रातिदेखि परेको निरन्तर वर्षाका कारण बिहान खसेको पहिरोमा परी बागलुङको बडिगाड गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बागलुङले पुष्टि गरेको छ । बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको छुट्टाछुट्टै पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरहेको छ । ४ जनाको भने जीवितै उद्धार गरिएको छ ।
घटनास्थलमा प्रहरी पुग्न नसकेकाले घटनाको पूर्ण विवरण आउन अझै बाँकी छ । घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्थापन गर्ने तयारी भैरहेको छ । बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोमा परी घाइते भएकाहरुको प्राथमिक उपचारको व्यवस्थापन पालिका मार्फत भएको र केहि समयपछि उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लगिने बताएकी छन् ।
मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
त्यस्तै, वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको छ । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।
प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो । घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।
उक्त घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङ पठाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । कठिन भूगोल, निरन्तर बर्षाका कारण घटनास्थलमा प्रहरी पुग्न सकिरहेको छैन ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला