गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सुरिलो स्वरका धनी गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । दृष्टिविहीन गायक तिमिल्सिनाको शनिबार साँझ निधन भएको हो ।
संगीतकार वसन्त सापकोटाका अनुसार उनी भैंसेपाटी स्थित घरमै बेडमा अचेत अवस्थामा फेला परेकोमा परिवारले पाटन अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाशका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’ लगायत दर्जनौं गीत लोकप्रिय छन् । यस गीतले २०६५ सालमा अन्नपूर्ण म्यूजिक अवार्ड र कालिका म्यूजिक अवार्ड जिताएको थियो ।
विशेषगरी राजनराज शिवाकोटीले दिएका गीतहरु नै उनको हिट भयो । तिम्रै हात सिन्दुर, खल्ली, तिमीलाई देखेर लगायतका दर्जनाैँ गीत हिट छन् । प्रकाशको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए ।
उनको पारिवारिक जीवन अत्यासलाग्दो छ । २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए । ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका छन् ।
उनी आँखाको उपचारका लागि लामो समयदेखि अमेरिका जाने प्रयासमा थिए । उनका दुवै आँखाको दृष्टि थिएन । २० भन्दा बढी भाषामा गीत गाउन सक्ने उनी विश्व रेकर्ड राख्न लागिपरेको पनि बुझिन्छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह