पोखरा । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम, क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन् । क्लस्टर १ अन्तर्गत पर्ने क्लवहरु मध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको आयोजनामा सप्ताहको पहिलो कार्यक्रम पोखरा पार्दी माविमा सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष ओम प्रकाश बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रथम उपगभर्नर धनीराम बरालले उद्घाटन गरेका थिए । अभियानको पहिलो कार्यक्रममा डिस्ट्रिक क्याविनेट सेक्रेटरी शिवराज आचार्य, क्लस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, चाइल्डहुड क्यान्सर डिपार्टमेन्टका चिफ प्रा.डा. सरास्वती न्यौपाने, तिर्थराज आचार्य, डा. दिपेन्द्र मान श्रेष्ठ रिजन चेयर पर्सन लक्ष्मी कोइराला, जोन चेयर पर्सन डिल्लीराम पराजुली लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ. बासुदेव पौडेलले यस कार्यक्रमले बाल्य अवस्थामा हुने क्यान्सर रोकथाममा सहयोगी हुने बताएका थिए । कार्यक्रममा सहजीकरण डा. दिपेन्द्र मान श्रेष्ठले गरेका थिए ।
अभियानको दोस्रो कार्यक्रम अन्तर्गत लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन, स्काई टाउन, ग्रीन टाउन, कालिका भ्यु टाउनको आयोजनामा पोखरा मनपा वडा न १३ भद्रकाली माविमा सचेतना कार्यक्रम सम्पन्न गरीएको छ । लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनका अध्यक्ष प्रेम बहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा. सरास्वती न्यौपाने, स्वास्थ्य विषय प्रशिक्षक अनिल अधीकारीले सहजीकरण गरेका थिए । भने लायन्स क्लव अफ पोखरा स्काई टाउनका अध्यक्ष नेत्र प्रसाद तिमिल्सिनाले कार्यक्रमको संचालन गरेका थिए ।
अभियानको तेस्रो कार्यक्रम अन्तर्गत लायन्स क्लव अफ पोखरा भृकुटी, डेस्टिनेसन, कोहिनुर भिलेजको आयोजनामा पोखरा महानगरपालीका वडा न २९ भण्डारढिक गण्डकी बहुप्राविधिक शिक्षालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ पोखरा डेस्टिनेसनको निवर्तमान अध्यक्ष सन्तोष शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य विषय प्रशिक्षक अनिल अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो