म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा भक्तजनले १५ लाखभन्दा बढी भेटी चढाएका छन् ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको प्रवेशमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको अलौकिक तीर्थस्थल गलेश्वरधाममा साउन महिनाका चार सोमबार पूजाआजाका लागि आएका भक्तजनको दान र सहयोग गरी १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए ।
पहिलो सोमबार ३ लाख ७२ हजार ३७२ रुपैयाँ, दोस्रो सोमबार ३ लाख ३६ हजार १८५ रुपैयाँ, तेस्रो सोमबार ३ लाख ६६ हजार २ सय रुपैयाँ र चौथो सोमबार ४ लाख ३५ हजार ९ सय ६७ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वर शिवालयमा साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा १५ दिन र मासिक रूपमा भेटी गनिने कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।
‘भेटी गन्न थालेपछि आम्दानी बढेको छ, मन्दिरभित्र चढाइएका भेटी संकलन गरिन्छ’ रेग्मीले भने । भेटी संकलन गरेपछि कोषाध्यक्ष कुमारी रोकाले मुचुल्का गरी राखेपछि मंगलबार विहान कोषका पदाधिकारी, गलेश्वरबासी प्रहरी, सशस्त्र प्रहरी र आमा समूह र इच्छुक भक्तजनले समेत पैसा गन्ने गरी सार्वजनिक ठाउँमा फिजाउने गरिन्छ । संकलन गरिएको भेटी बृद्धाआश्रम, विद्यालयका साथै विभिन्न भौतिक पूर्वाधारमा खर्च गर्ने गरिएको छ ।
बिस २०६७ सालदेखि तत्कालिन कोषका अध्यक्ष स्वर्गीय रुद्रबहादुर केसीको नेतृत्वमा पहिलोपटक भेटी गन्न सुरु गरिएको थियो । अहिलेसम्म भेटीबाट गलेश्वर क्षेत्रमा धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति, सिसी क्यामेरा, सडक बत्ती, कालिगण्डकीको जल मन्दिरसम्म ल्याएर स्नानलगायत भौतिक संरचना निर्माण भएको छ ।
गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्ग्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख छ । पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।
सम्बन्धित खबर
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा
आज गोरु, गोवर्द्धन र हली पूजा गरियो
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट