स्याङ्जामा नै पहिलोपटक भब्य रुपमा आयोजित कविता महोत्सव `राष्ट्रिय खुल्ला कविता प्रतियोगिता -२०८१´मा सिन्धुपाल्चोकका सुन्दर शिरीष उत्कृष्ट बनेका छन् ।
पुष्प-चन्द्र ट्रस्ट स्याङ्जाको आयोजना तथा पुतलीबजार प्रज्ञा प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको सह-आयोजनामा `नेपाली भाषा, कला, संस्कृती, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान´ भन्ने मूल नाराका साथ महोत्सव एवं प्रतियोगिता गरिएको हो । कविता मार्फत साहित्यिक उन्नयन गरी स्याङ्जा जिल्लालाई साहित्यिक जिल्लाको पहिचान बनाउने सो महोत्सव तथा प्रतियोगिताको उद्देश्य रहेको थियो ।
स्याङ्जा पुतलीबजार नगरपालिका -१ स्थित सिटीहलमा पुष्प-चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम नागरिक कुलपति कविवर स्व. केदारमान व्यथित र निष्ठाका पर्याय स्व. पुष्पमान श्रेष्ठको सम्झनामा आयोजित भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगितामा उत्कृष्ट २० प्रतिस्पर्धी मध्येबाट `देश फर्किरहेको देश´ कविता शिर्षकका सर्जक सुन्दर शिरीष उत्कृष्ट बनेका हुन् ।
कविता महोत्सव तथा प्रतियोगितामा अमेरिका, बेलायत र मलेशिया सहित नेपालका ६ प्रदेश, ४८ जिल्लाबाट प्राप्त भएका १९९ कवितामध्ये निर्णायक मण्डलले पाँच प्रदेश र १४ जिल्लाका २० कवितालाई उत्कृष्ट कविताको रुपमा वाचनको लागि छनौट गरेको थियो । कविता महोत्सव समारोहमा उत्कृष्ट कविताका रूपमा छनौट भएका २० प्रतिस्पर्धीले स्वयं कविता वाचन गरेका थिए र निर्णायक मण्डलले उत्कृष्ट तीन कविता छनौट गरेकोमा सिन्धुपाल्चोकका सुन्दर शिरिषको ‘देश फर्किरहेको देश’ प्रथम, झापाका राजन सुवेदी दिपकको ‘हराएको देश’ द्धितीय, बाँकेकी चन्द्रावती अधिकारीको ‘म आए’ तृतीय साथै तनहुँका विनायक पन्तको ‘ब्रह्माण्ड मस्तिष्क´ र स्याङ्जाकी सम्झना थापा मगरको ‘सम्झनु त्यही मेरो देश हो´सान्त्वना भएको कविता महोत्सव एवं प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा कविता प्रतियोगिताका उत्कृष्टलाई १५ हजार ५५५, द्धितीयलाई ११ हजार १११, तृतीयलाई ७ हजार ७७७ र सान्त्वना दुईलाई जनही ३ हजार ३३३ रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको श्रेष्ठले बताए ।
उक्त कविता महोत्सव तथा प्रतियोगिता सङ्गै पुष्प-चन्द्र ट्रस्टले विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिका स्थित ४ वटा सामुदायिक विद्यालयका पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
यस्तै, ट्रस्टले पुष्प-चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट फेदिखोला गाउँपालिकामा रहेको अमोर सेवा नेपाल(बालगृह) र एसईई परिक्षा २०८१ मा जिपिए ४.० ल्याई स्याङ्जा जिल्ला उत्कृष्ट भएका सुसान मरासिनीलाई सम्मान गरेको हो ।
नेवा: परम्पराको लाखे लगायत सांस्कृतिक, विभिन्न जातजातिका भेषभूषा, झाँकी प्रदर्शन सहित साहित्यिक सोभायात्रा गरि सिटीहलमा भएको उक्त समारोह करिब ५०० जनाको उपस्तिथिमा भब्यताका साथ सम्पन्न भएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह