पोखरा वडा नं. १६ स्थित बाटुलेचौरमा यस वर्ष पनि ऐतिहासिक बाटुलेचौर तीज मेला हुने भएको छ।
परम्परागत रूपमा हुँदै आइरहेको तीज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकाेमा क्लबले मेला सञ्चालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा तीज मेलाको आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।
वडा कार्यालयले पूर्व आयोजक संस्था हिमालय क्लव, वातावरण संरक्षण क्लब, नागरिक समाज, विन्ध्यवासिनी माविका प्रतिनिधि तथा मेलाका पूर्व संयोजकहरु समेतको उपस्थितिमा मेला संचालन सम्बन्धी छलफल गराएको थियो। उक्त छलफलले पनि महिलाहरुको बिशेष चाड भएकाले महिला समूह मार्फत कार्यक्रम गर्न सुझाव दिएको र सोही अनुरूप मेला संचालन गर्न लागिएको वडा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको तिमिल्सिनाको बताए। राजा कुलमण्डन शाहको शासनकाल तिरै पवित्र सेती नदी तथा ठूलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाइ विश्रामस्थलको रुपमा प्रयोग गरी गीत मार्फत् आफ्ना मनका बह पोख्ने थलो उक्त स्थानलाइ लिएका थिए।
स्थानिय बडहरबोट आमा समूह आयोजक रहने मेलाको सह–आयोजकका रुपमा वडा भरिकै आमा समूह रहने आयोजक समूहकी अध्यक्ष कमला तिमिल्सिनाले बताइन्।
वडा प्रतिनिधि तथा स्थानियहरुले महिलाहरुप्रति गरेको विश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडा भरीका महिलाहरू उत्साहित रहेको पनि उनले बताइन्र ।
वडा स्थित महिला, बालबालिका तथा अपागं लक्षित कार्यक्रम हेर्ने जिम्मेवारी पाएकी जनप्रतिनिधी राजकुमारी बानियाँलाई भेलाले उक्त कार्यक्रमको संयोजकमा चयन गरेको छ। संयोजक बानियाँले सबैको सहयोग र सहकार्यवाट ऐतिहासिक तीज मेला सम्पन्न गर्नेगरी तयारी शुरु गरिएको बताइन् ।
सामाजिक विभेद विरुद्द सामाजिक रुपान्तरण अभियन्ता तथा दलित महिला सदस्य मञ्जु नेपालीले मेलामा विभिन्न समूहबीच तीज गीत प्रतियोगिताको साथमा अन्तर विद्यालय नृत्य प्रतियोगिता पनि गरिने जानकारी गराइन् ।
राष्ट्रिय ह्याण्डबल खेलाडी विशाल बस्नेतको नेतृत्वमा ह्याण्डबल प्रतियोगिता संचालनका लागि समेत तयारी भइरहेको उनको भनाइ थियो। वडा शिक्षा समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष तिमिल्सिनाले कार्यक्रम उद्घाटनकै अवसरमा वडा भित्रका उत्कृष्ट विद्यालय सम्मान कार्यक्रमका साथ विद्यावारिधि गरेका वडा भित्रका नागरिकहरुलाइ शैक्षिक सम्मान समेत गरिने जानकारी दिए।
मेलामा तिजको परम्परागत हम्काइलाे भाका समेत प्रस्तुत गरिने बताइएको छ। मेलाको तयारी स्वरुप वडा भित्रका आमा समूहले आन्तरिक तयारी तीव्र पारेका छन्।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला