पोखरा । पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन्।
बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेका नगद १० हजारमा, १० हजार थप गरी नगद २० हजार रुपैयाँ स्थानीय विन्ध्यवासिनी माविलाई सहयोग गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका भट्टराईले विद्यालयको शैक्षिक विकासका लागि विहीबार सो रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र सहायक प्रधानाध्यापक रामबहादुर बानियाँलाई हस्तान्तरण गरे। कार्यक्रममा भट्टराईले विद्यालय राष्ट्रिय स्तरको नमुना विद्यालयको रूपमा चिनिएको मा खुसी व्यक्त गर्दै, आफुले गरेको सहयोग सानो भएपनि यसले महत्व राख्ने बताए। प्रधानाध्यापक आर्चायले भट्टराईले विद्यालयका हरेक गतिविधिमा सहयोग पुर्याउदै आउनुभएको भन्दै उनको सम्मानले विद्यालयको पनि गौरव बढेको बताए।
सहायक प्रधानाध्यापक बानियाँले उनमा अन्तर्निहित, उदारमना, एवं परोपकारी भावनाको उच्च मुल्यांकन गर्दै कार्यको प्रशंसा गरे। भट्टराई जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं बार्षिकोत्सवको अवसरमा, शिक्षासेवीको रूपमा सम्मानित भएका थिए।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो