पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको यात्रुबस पहिरोमा परेको छ ।
म्याग्दी रघुगंगा गाउँपालिका-२ स्थित बेनी-जोमसोम सडकको सिरुबारी खण्डमा पहिरोमा गुडिरहेको बसमा मंगलबार दिउँसो माथीबाट खसेको ढुंगा लाग्दा दुई जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा बेनी नगरपालिका वडा नं ४ की २१ वर्षीया पूजा खड्का र गुल्मी इस्मा गाउँपालिका वडा नं २ घर भई हाल पोखराको लेखनाथ बस्दै आएका ३२ वर्षीया मीना नेपाली छन् ।
दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा ग१ख ७७१७ नम्बरको बसमाथि आज दिउँसो करिब २ बजे पहिरो खसेको हो ।
सडक माथिबाट एक्कासि आएको पहिरोसहितको ढुंगाले लागेर साे घटना भएको प्रहरीले जनाएको छ ।
पहिरोसँगै ठूलो ढुंगो बसको ढोकैमा आएर ठोक्किएको थियो ।
बेनी–जोमसोम सडकमा गत वर्षदेखि थपिएको सिरुबारी पहिरोलाई बेनी–जोमसोम–कोरोला सडक आयोजनाले अति जोखिमयुक्त पहिरोको सूचीमा राखेको छ । सडक अवरुद्ध हुँदा हरेक दिन एक्स्काभेटरमार्फत पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह