गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिएका छन् ।
पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिएका हुन् ।
जेसीजले गर्विलो इतिहास निर्माण गर्दै युवाहरुको चम्किलो भविष्यको मार्ग कोर्ने क्रममा यस वर्ष स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा उनले शुभकामना पनि व्यक्त गरे ।
प्रदेश प्रमुख भट्टले भने– ‘जीवनको सबैभन्दा सक्रिय र उर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरुको साझा संस्था जेसीजले व्यवसायिक युवालाई नै केन्द्रीत गरी आयोजना गरेको यस प्रशिक्षणले युवाहरुलाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास लिएको छु।’
तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने जेसीजले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको उनले बताए । कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा प्रशंसा पनि गरे ।
‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ । यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।’ भट्टले भने ।
व्यक्तित्व तथा क्षमता विकास, सामाजिक अभियान, उद्यमशीलता एवं व्यवसायिकताको नेटवर्किङ र विस्तारका साथै अन्तर्राष्ट्रिय सम्बन्ध एवं व्यापार विस्तारमा पोखरा जेसीजले अझै ठूलो भूमिका खेलोस् भनी अपेक्षा पनि व्यक्त गरे ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु