स्याङ्जाको पुतलीबजार नगरपालिका -१ मा रहेको जिल्ला कारागारका कैदीबन्दीहरु निजी स्वास्थ्य संस्थामा निर्भर रहेका छन् । कारागारमा स्वास्थ्यकर्मी नभएकाले उपचारका लागि कैदीबन्दीहरु निजी स्वास्थ्य संस्थामा निर्भर रहनुपरेको हो ।
सरकारले कैदीबन्दीलाई निःशुल्क उपचारको व्यवस्था गरेको र हरेक कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी समेत कायम गरेको छ । सरकारले स्याङ्जा जिल्ला कारागारमा पनि पाँचौं तहको स्वास्थ्यकर्मीको दरबन्दी लागू गरेतापनी कारागारले स्वास्थ्यकर्मीको अभाव झेलेको जेलर दिनेश शर्मा मरासिनीले जानकारी दिए ।
कारागारमा दरबन्दी कायम पश्चात् अहेव मनोज कुमार यादवले केवल दुई वर्ष मात्र सेवा दिई २०७९ असार २४ गते रौतहट कारागारमा सरुवा गरेर गएका थिए । उनी सरुवा गरेर गएसङ्गै यहाँका कैदीबन्दीहरु निजि स्वास्थ्य संस्था, मेडिकलमा निर्भर हुन बाध्य रहेका छन् ।
अहेव सरुवा गरेर गएसङ्गै दुईपटक लोकसेवामा माग गरेपनी स्वास्थ्यकर्मी नपठाइएको जेलर शर्माले बताए । उनले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नभएपछि कहिले निजी स्वास्थ्यकर्मी ल्याएर त कहिले जोखिम मोलेर मेडिकल लगेर उपचार गर्नुपरेको बताए ।
नेपाल सरकारले नि: शुल्क उपचारको व्यवस्था गरेको भए पनि कारागारमा स्वास्थ्यकर्मी नहुँदा मेडिकलमा रकम खर्च गरेर उपचार गर्नु परेको कैदीबन्दीको गुनासो रहेको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो