कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश

धर्म

कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश

krishna

भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । संस्कृतिविद् जगमान गुरुङका अनुसार मध्यकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले पाटनमा २१ गजुर भएको कृष्णमन्दिर बनाउनुभएपछि नेपाल अधिराज्यमा कृष्ण प्रख्यात भएको मानिन्छ । मल्ल राजाहरुमा कला बनाउने प्रतियोगिता हुँदा राजा सिद्धिनरसिंह मल्लले ढुङ्गाको सुन्दर र ठूलो पाटनको कृष्ण मन्दिर बनाएका थिए ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान कृष्णले जन्म लिएको मानिन्छ ।

उहाँका अनुसार नेपालको इतिहास भगवान कृष्णको चरित्रसँग जोडिएको छ । लिच्छविकालसम्म कृष्ण भक्तिको परम्पराको विकास भइसकेको मानिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णलाई पुज्ने गरिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीसमेत भनिन्छ ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान कृष्णले जन्म लिएको मानिन्छ ।

जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । भारतमासमेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।

कृष्ण अवतारको मुख्य दिन नै श्रीमद्भगवद्गीता हो । कृष्णले महाभारतको लडाइँको आरम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनको त्यो मोह छुटाउनको लागि यो पृथ्वीमा चार वेद अठार पुराणको सार गीतामा प्रयोग गरिएको हो जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गरेका छन् । त्यही गीता ग्रन्थ नै हाम्रो हिन्दु समाजको धरोहर हो ।

शास्त्रमा कृष्ण भनेको काली र राधा भनेको शिव हो । यसरी राधाकृष्ण वा राधेश्यामको स्वरुप बनेको छ । संस्कृतिविद् गुरुङका अनुसार नेपालका खसवामहरुले बालननाट्य गर्ने गर्छन् । बालनमा रमायण र महाभारतको कथा हुन्छ । तर, बालन भनेको भगवान कृष्णको बाललीला हो ।

यस्तै, गुरुङ मगर जातिले चरित्रनात्य मान्ने गर्छन् अर्थात् श्री कृष्णको चरित्र र थारुले जन्माष्टमीको व्रतलाई अष्टीमीकि व्रत भन्छन् । यसदिन थारु समुदायका महिलाहरुले आफ्नो घर पूजाकोठाको भित्तामा ढुङ्गा, माटो वा विभिन्न जडिबुटीको रंग भरेर सृष्टिको कथा लेख्ने गर्छन् ।

पूजा कोठाको भित्तामा समुन्द्र, भ्यागुता, चन्द्र, सूर्य, तारा, भगवान श्री कृष्णको लीला लेख्ने चलन छ । नेवार समुदाये भने यो दिन कृष्णको रथ बनाएर नगर परिक्रमा गरेर मनाउने चलन पुरानो हो ।

किन गरिन्छ त श्रीकृष्णको पूजा ?

आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने,  लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ ।

आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने  गर्ने गरिन्छ । 

श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ । या सम्मकी मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ