गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले धार्मिक सहिष्णुता र एकताले समाजलाई असल बाटोमा डोहोर्याउने बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरा बाटुलेचौरको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा प्रमुख अतिथि भट्टले पोखरा प्रकृतिको मात्र नभई कला, संस्कृति र परम्परामा पनि उत्तिकै धनी रहेको बताए।
उनले भने– ‘गण्डकी प्रदेशको राजधानी पोखराको उत्तरी भागमा अवस्थित सांस्कृतिक मूल्य र मान्यता बोकेको स्थान बाटुलेचौर र लामाचौर हो । यहीँ स्थापित शुक्ला साहित्य प्रतिष्ठानले विगत चार दशकदेखि साहित्यको विकास सँगसँगै सांस्कृतिक विविधताको संरक्षणमा आफूलाई पोखराको दर्पणको रूपमा प्रस्तुत गर्दै आइरहेको पाएँ ।’
कला, साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा गण्डकी प्रदेशकै ऐतिहासिक स्थल मानिने लामाचौर र बाटुलेचौरमा समय समयमा आयोजना हुने गरेका साहित्यिक, सांस्कृतिक मेला तथा महोत्सवहरूले पोखरासहित समग्र गण्डकी प्रदेशको छुट्टै चिनारी स्थापना गरेको उनको भनाई छ । प्रदेश प्रमुख भट्टले भने– ‘सामूहिक रुपमा आयोजना हुने यस्ता उत्सव महोत्सवहरुले हामीमा सकारात्मक सोचको विकास गराई सामाजिक सद्भाव र अनेकतामा एकताको भावना विकास गराउने गर्दछन् ।’

कृष्ण भजनमा ओमकार भजन समूह प्रथम
श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समूूह प्रथम भएको छ। यस्तै, हेम्जाको देवीस्थान भजन समह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समूह तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समूह र विन्ध्यवासिनी मावि बाटुलेचौरले सान्त्वना स्थान प्राप्त गरेको छ।
काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५० हजार, प्रमाणपत्र र सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रसार उपसमितिका संयोजक रामप्रसाद पौडेल घर्मेलीले जानकारी दिए।
सहभागी टोलीलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट टोलीलाई प्रतिष्ठानका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, अध्यक्ष हरिवहादुर वरूवाल, मानार्थ सदस्य हरिलाल तिमिल्सिना लगायतकाले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको निर्णायकमा प्राडा कुशुमाकर न्यौपाने, डा. अम्बिका प्रसाद भट्टराई, नवराज बराल, सिर्जना थापा र शिवप्रसाद पराजुली थिए ।
प्रतिष्ठानका अध्यक्ष हरि बरूवालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेत, पशुपति कोटी होमका संकल्प कर्ता योगेश्वर विजय कृष्णमुर्ति महाराज, सचिव दिपेन्द्र बानियाँ, सदस्य सुनिता देवकोटा, रामप्रसाद पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन अग्रज गायक प्रजापति पराजुलीले गरेका थिए। कार्यक्रममा सहयोगदातालाई सम्मान समेत गरिएको थियो। राती अबेरसम्म भएको कार्यक्रम हेर्न आसपासका क्षेत्रबाट उल्लेख रूपमा दर्शक सहभागी भएका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर