पोखरा । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्राध्यापकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न भएको छ।
४० घण्टा प्रत्यक्ष र ३५ घण्टा अनलाइन गरी ७५ घण्टामा सम्पन्न हुने कार्यक्रम नेपालका विभिन्न ५ स्थानमा सन्चालन हुनेछन् । तेस्रो कोहर्ट अन्तर्गत यहाँ सन्चालित उक्त कार्यक्रममा आङ्गिक र सामुदायिक गरी १० क्याम्पसका ३० जना प्राध्यापक सहभागी रहेका थिए ।
शिक्षा शास्त्र संङ्कायका डिन प्राध्यापक डा. चित्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा सहायक डीन डा. बिष्णु खनाल, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला, सहजकर्ता डा. कमलराज देवकोटा, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक यादवराज अधिकारी र वालिङ क्याम्पसका बिष्णु सुवेदीले बोलेका थिए ।
त्यस्तै, डा. पितृराज बाँस्तोला, पदम न्यौपाने, डा. सुशील शर्मा, डा. पिताम्बर पौडेल र डा. बिष्णु शर्माले आ–आफ्नो समूहमा छलफल गरी छ दिने कार्यक्रमको अनुभव एवम् रिफ्लेक्सन प्रस्तुत गरेका थिए ।
विभिन्न ५ वटा मोडलमा ५ वटा थिममा १० जना सहजकर्ताहरुले सहजीकरण गरेका थिए ।
देशका लागि आवश्यक पर्ने शैक्षिक जनशक्ति तयार पार्ने उद्देश्यले यस सङ्काय अन्तर्गत २६ वटा आङ्गिक र ५६० वटा सम्बन्धन प्राप्त गरी ५८६ वटा क्याम्पस संचालित रहेका छन् ।
शिक्षाशास्त्र सङ्काय सम्पूर्ण शिक्षाको पनि शिक्षा भएकाले यस तालिमबाट सिकेका ज्ञान तथा सीप कक्षा कोठामा प्रयोग गर्न प्राध्यापकहरु सक्षम हुने र शिक्षण सिकाइ प्रक्रियामा रुपान्तरण आउने कुरामा डीन बुढाथोकी लगायत अन्य वक्ताहरुले जोड दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह