पोखरा । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्राध्यापकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न भएको छ।
४० घण्टा प्रत्यक्ष र ३५ घण्टा अनलाइन गरी ७५ घण्टामा सम्पन्न हुने कार्यक्रम नेपालका विभिन्न ५ स्थानमा सन्चालन हुनेछन् । तेस्रो कोहर्ट अन्तर्गत यहाँ सन्चालित उक्त कार्यक्रममा आङ्गिक र सामुदायिक गरी १० क्याम्पसका ३० जना प्राध्यापक सहभागी रहेका थिए ।
शिक्षा शास्त्र संङ्कायका डिन प्राध्यापक डा. चित्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा सहायक डीन डा. बिष्णु खनाल, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला, सहजकर्ता डा. कमलराज देवकोटा, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक यादवराज अधिकारी र वालिङ क्याम्पसका बिष्णु सुवेदीले बोलेका थिए ।
त्यस्तै, डा. पितृराज बाँस्तोला, पदम न्यौपाने, डा. सुशील शर्मा, डा. पिताम्बर पौडेल र डा. बिष्णु शर्माले आ–आफ्नो समूहमा छलफल गरी छ दिने कार्यक्रमको अनुभव एवम् रिफ्लेक्सन प्रस्तुत गरेका थिए ।
विभिन्न ५ वटा मोडलमा ५ वटा थिममा १० जना सहजकर्ताहरुले सहजीकरण गरेका थिए ।
देशका लागि आवश्यक पर्ने शैक्षिक जनशक्ति तयार पार्ने उद्देश्यले यस सङ्काय अन्तर्गत २६ वटा आङ्गिक र ५६० वटा सम्बन्धन प्राप्त गरी ५८६ वटा क्याम्पस संचालित रहेका छन् ।
शिक्षाशास्त्र सङ्काय सम्पूर्ण शिक्षाको पनि शिक्षा भएकाले यस तालिमबाट सिकेका ज्ञान तथा सीप कक्षा कोठामा प्रयोग गर्न प्राध्यापकहरु सक्षम हुने र शिक्षण सिकाइ प्रक्रियामा रुपान्तरण आउने कुरामा डीन बुढाथोकी लगायत अन्य वक्ताहरुले जोड दिएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ