दिनेशराज दाहाल (दिनेश डीसी) चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
चर्चित संचारकर्मी, फिल्म निर्देशक तथा अभिनेतासमेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । ‘आवाजको दुनियाँको साथी’ उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।
चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अन्तिम समयमा तीन जनाको नाम सिफारिस भएको थियो ।
छ जना आवेदकमध्येबाट सिफारिस समितिले डिसी, राजेश थापा र दिपा पाण्डे बस्नेतको नाम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुझाइएको थियो । अध्यक्षमा आवेदन दिएसँगै चर्चामा आएकी अभिनेत्री करिष्मा मानन्धर भने छनोटमै परिनन् । प्रकाश भट्टराई र अर्जुनकुमार डंगोल पनि सर्टलिस्टमा परेनन् ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु