भोजपुर ।‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ ‘काले’ ले नागरिकता पाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाई र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्याएर प्रकाशलाई नागरिकता दिएका छन् ।
प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेका थिए ।
वर्षाैं पहिले करिब १० वर्षको उमेरमा झापाबाट कामको खोजीमा काठमाडौं आएका प्रकाश हराएका थिए । उनी गोरखाको एक गाउँस्थित साहुको घरमा काम गर्दै आएका थिए । हेर्ने कथा कार्यक्रममार्फत परिवारसँग उनको पुनर्मिलन भएको हो । अहिले उनी साहुको घरबाट बिदावारी भएर घर फर्किसकेका छन् ।
उनलाई सहयोग गर्न सहयोगी हातहरु अघि बढेको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’