पोखरा । गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।
विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सम्मान गरेका हुन् । कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो ।
हालै काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा उमेन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुन् । नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन ९विएसएम०मा अध्ययन–अध्यापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो व्याचकी छात्रा समेत् हुन् । उनी हाल छैटौं सेमेस्टरमा अध्ययनरत छिन् ।
अरुणालाई सम्मान गर्दै मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर रुपमा प्राप्त सफलता प्रति वधाई दिंदै पछिल्लो समय नेपाली खेलकुदमा परिवर्तनका आभासहरु देखिन थालेको बताए । नेपाली महिला खेलाडीहरुले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने कार्यमा महत्वपूर्ण रहेको उल्लेख गरे ।
विश्वविद्यालयका कुलपति प्रा.डा. गणेश मान गुरुङले विश्वविद्यालय आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाल भरी आकषर्ण बढाउन सफल रहेको र केही वर्षमा नै नेपालको उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको बताए । विश्वविद्यालयले विभिन्न अनुशन्धान मुलक विषयहरुको खोजी गर्दै ति विषयहरुमा अध्यापन सुरु गरेको उनले जनाए । आफ्नो विश्वविद्यालयकी छात्रा अरुणाले अध्ययन संगै खेलकुदमा समेत महत्वपूर्ण सफलता प्राप्त गरेकोले विश्वविद्यालय परिवार निकै गौरवान्वित रहेको जनाउँदै गण्डकी प्रदेश सरकारले विश्वविद्यालयबाट उत्पादित हुने जनशक्तिलाई यथासिघ्र सरकारले निति निर्माण गरी उनीहरुलाई अवसर दिन ढिलाई गर्न नहुने बताए ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा।डा।नवराज देवकोटाले अनुशन्धानमुलक विषयहरु संगै एआई जस्ता विषयहरुमा अध्यापनका लागि अघि बढाएको बताउँदै त्यही अनुरुप खेलकुद क्षेत्रलाई समेत जोडेको बताए । नेपाली खेलकुदको विकासका लागि स्नातक तहबाटै खेलकुद विषयमा खेलाडीहरुको पहुँच होस र उनीहरुले अवसर प्राप्त गर्न सकुन भन्ने अभिप्रायले विएसएम विषय सुरु गरेको बताउँदै आफ्नो विद्यार्थी अरुणाले अध्ययन संगै नेपाली खेलकुदमा गौरव बढाउने कार्य गर्न सफल भएकोमा बधाई दिए ।
सो अवसरमा बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले सम्मानका लागि विश्वविद्यालय प्रति आभार व्यक्त गर्दै खेलकुद संगै अध्यनन अपरिहार्य रहेको औंल्याइन । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्न समेत अध्ययन आवश्यक रहेको बताउँदै नेपाली खेलाडीहरुलाई विश्वविद्यालयले दिएको अवसरलाई लिन आग्रह समेत् गरिन् ।
कार्यक्रममा विश्वविद्यालयका रजिस्टार डा।कैलाश तिमिल्सिनालगायत विश्वविद्यालय विभिन्न विभागका प्रमुख, विश्वविद्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’