पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा ४ जना निर्विरोध भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध भएका हुन् ।
निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । सोमबार दाबी विरोधको समय दिइएको थियो । ती पदमा उनीहरुको मात्रै उम्मेदवारी परेको छ । सोमबार दाबी विरोध पनि परेन । मंगलबार उम्मेदवारी फिर्ता र उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
बुद्धाचार्य, बास्तोला, गौतम र श्रेष्ठले उम्मेदवारी दिएका पदमा दोहोरो उम्मेदवारी नपरेको हुँदा उनीहरु स्वाभाविक रुपमा निर्विरोध भएका छन् । तर निर्वाचन समितिले भने आधिकारिक घोषणा गरेको छैन । उम्मेदवारी फिर्ताको समय बाँकी नै रहेको हुँदा उसले आधिकारिक घोषणा गर्न नमिलेको हो । कर्पाेरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध भएका छन् ।
अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा निर्वाचन हुँदैछ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस