गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न नायिका पूजा शर्मालाई चेतावनी दिएकी छिन्।
मंगलबार सामाजिक सञ्जालमा पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै समिक्षाले फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी हुन्।
समीक्षाले लेखेकी छिन्,’सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।’
उनले सत्य के हो आफूलाई, उसलाई र भगवानलाई थाहा भएको पनि बताएकी छिन्। उनले लेखेकी छिन्, ‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधीश नै यी र यस्ता कलाकारहरू हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ। र माफी दिएर साबित गरिदिएँ।’
नायक पल शाहसँग सो पोडकाष्टमा पुगेकी पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेकोले अब कसैले बोल्न जरुरत नरहेको बताएकी छिन्।
पूजाले भनेकी छिन्, ‘भगवान छ सत्यको जित हुन्छ। कानुनले नै पललाई निर्दोष साबित गरिसकेको छ। कानुनले बोलिसकेपछि सक्यो। यहाँ कसैले बोल्न जरुरत छैन। पललाई कसैले नाम ट्याग गर्न जरुरत पनि छैन।’
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु