पोखराको पर्स्याङ स्थित शान्ति निकेतन स्कूलका विद्यार्थीबीच तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको परम्परागत महत्व बुझाउनका लागि विद्यार्थीबीच तीजगीत प्रतियोगिता गरिएको विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिए ।
उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्म १५ समूह सहभागी भएकोमा कक्षा ३ की प्रसिद्धि बरालको समूह प्रथम, कक्षा ५ ख’ की बिन्ती सुवेदीको समूह द्वितीय र कक्षा ५ ‘ए’ की हर्षी भुर्त्यालको समूह तथा कक्षा ५’ख’ ओजस्वी भूर्त्यालको समूहले तृतीय स्थान हाँसिल गरे ।
कक्षा ४ ख का किस्मत पौडेल र प्रितम देवकोटाले उत्कृष्ट नृत्यको पुरस्कार प्राप्त गर्न सफल भए।

त्यस्तै, कक्षा ६ देखि १० सम्म ११ समूहले भाग लिएकोमा कक्षा ७ ‘क’ का अनु र लब्सनको समूह प्रथम, कक्षा ९ की सुजिता क्षेत्रीको समूह द्वितीय र कक्षा ९ का अस्मिता रोकाको समूह तृतीय भयो । असिन सेन्चुरी उत्कृष्ट नर्तकी हुन सफल भइन् ।
कार्यक्रममा बोल्दै प्राचार्य डा.पराजुलीले तडकभडकरहित ढङ्गबाट मौलिक संस्कृतिको जगेर्ना गर्दै चाडपर्व मनाउनुपर्ने बताए ।
शिक्षिकाद्वय पवित्रा वाग्ले र सुनिता कोइरालाले निर्णायकको भूमिका निर्वाह गरिएको उक्त कार्यक्रमको सञ्चालन नेपाली विभागीय प्रमुख भुवानीप्रसाद अधिकारीले गरेका थिए ।






सम्बन्धित समाचारः
शान्ति निकेतनमा सांस्कृतिक नृत्य
चार जिपीए ल्याएकी अदितीसहित ४० विद्यार्थीलाई शान्ति निकेतनको बधाई र सम्मान
शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
शान्ति निकेतनका एसईई दिएका विद्यार्थीको बिदाई
शान्ति निकेतनमा खेलकुद सप्ताह २०८० को पुरस्कार वितरण
शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’
शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
शान्ति निकेतनको वार्षिकोत्सवमा सम्मान र सहयोग
शान्ति निकेतनकी अदिती गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो