स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाभर स्वास्थ्य क्षेत्रमा गरिएका काम र प्रगतिको समिक्षा गर्न थालेको छ ।
आइतबार जिल्ला स्तरीय समिक्षा कार्यक्रमको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गरे ।
समिक्षा कार्यक्रममा आइतबार स्वास्थ्य कार्यालय बागलुङ, जिल्लाका १० स्थानीय तहको स्वास्थ्य शाखा तथा स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको प्रस्तुतीकरण रहेको थियो ।
जिल्ला स्तरीय समिक्षा कार्यक्रममा स्वास्थ्यमन्त्री पाठक सहित बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
आइतबार दिनभर स्वास्थ्य क्षेत्रको प्रगति, समस्या र चुनौतीको विषयमा छलफल गरिनेछ भने सोमबार मात्रै स्वास्थ्यमन्त्री पाठक सहित महानिर्देशक लगायतले टिप्पणी गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जिल्लाको स्वास्थ्य क्षेत्रमा एक वर्षमा गरिएको कार्यप्रस्तुत गरेका थिए भने स्वास्थ्य क्षेत्रमा रहेको चुनौती र समस्याका विषयमा अवगत गराएका थिए ।
यस्तै, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल, गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल, ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा, बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम पुन, जैमिनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गोबिन्द प्रसाद शर्मा, ताराखोला गाउँपालिकाबाट उदित थापा, बडिगाड गाउँपालिकाबाट होम बहादुर पुन, तमानखोलाबाट तिल बहादुर छन्त्याल, निसीखोलाबाट टोप बहादुर चन्द र काठेखोलाबाट सोमराज पाण्डेयले पालिकामा स्वास्थ्य क्षेत्रमा भएका प्रगति, समस्या र चुनौतीको विषयमा प्रस्तुतीकरण राखेका थिए ।
कार्यक्रम कार्यालय प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले गरे ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ