भाटभटेनी सुपर स्टोरले पोखराको तालचोकमा आफ्नो २८औं स्टोर स्थापना गर्ने भएको छ ।
पोखरा न्युरोडमा भाटभटेनीको स्टोर सञ्चालनमा छ । अब भने तालचोकमा दोस्रो स्टोर स्थापना हुन लागेको हो । भाटभटेनीको यो २८औं स्टोर हुनेछ ।
भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्रीले तालचोकमा निर्माण हुने स्टोरको भूमिपूजा गरे । आगामी एक वर्षभित्र तयार हुने तालचोकको स्टोरले १२ रोपनी क्षेत्रफल ओगट्ने भाटमटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।
उनका अनुसार तालचोकको स्टोर सात तला अग्लो हुनेछ भने यसले सवा २ लाख वर्गफिट क्षेत्रफल ओगट्ने छ । जसमा दुई तला बेसमेन्ट पार्किङ हुनेछ ।
भाटभटेनी ग्रुपका अनुसार यो स्टोरले ५ सय जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने छ । त्यसपछि भाटभटेनी स्टोरमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या ७ हजार पुग्ने छ । तालचोक स्टोरमा सिनेमा हलदेखि रेस्टुरेन्ट लगायत सुविधा पनि उपलब्ध हुनेछ ।
गुरुङले चार दशकअघि काठमाडौं भाटभटेनी मन्दिर छेउबाट दुइटा कोठा भाडामा लिएर सुरु गरेको ‘भाटभटेनी सुपर स्टोर’ ले खुद्रा व्यापारमा देशव्यापी सञ्जाल बनाएको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो