पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना)ले पत्रकारद्वय अमृत सुवेदी र परशुराम शर्मालाई सम्मान गरेको छ । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
सुवेदी अनलाइनखबर गण्डकी ब्युरो प्रमुख हुन् । शर्मा नेपाल टेलिभिजनका कास्की संवाददाता छन् । उनीहरुलाई गण्डकप् प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाईडिङ खम्बाको रुपमा रहेको बताए । उनले भने, ‘यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिन्छ । यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार छ ।’
कार्यक्रममा वक्ताहरुले प्याराग्लाईडिङमा सोलो उडान खुला गर्न माग गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सोलो उडान बन्द गरिएको थियो ।
‘ना’का अध्यक्ष सुनिल भट्टराईले पोखराको पर्यटन उकास्ने हो भने सोलो उडान खोल्नुको विकल्प नरहेको बताए । सोलो उडान नहुँदा विदेशी पर्यटकको आगमन कम भएको उनको भनाइ छ ।
ना’का महासचिव बलराम आचार्यले प्रतिवेदनमा सोलो उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरिदै आएको उल्लेख गरेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाईडिङ खम्बाको रुपमा रहेको बताए ।
उनले भने, ‘यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिन्छ । यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले आफूले जितेर अध्यक्ष भएमा प्याराग्लाईडिङलाई उच्च प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने वाचा गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाईडिङ पोखराको पर्यटनको मेरुदण्ड भएको बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन