पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सञ्चारजगतको सहयोग र सहकार्यको अपेक्षा गर्दै स्वास्थ्य क्षेत्रमा राम्रो गर्ने आँट र ईच्छाशक्ति रहेको बताएका छन् ।
पोखराका पत्रकारमाझ परिचयात्मक भेटघाट कार्यक्रम गर्दै नवनियुक्त मन्त्री पाठकले स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील क्षेत्र रहेकाले सुधार नगरी नहुने पक्षमा आफू रहेको बताए ।
‘यो संवेदनशील क्षेत्र हो । अठोट लिएर आएको छु केही गर्छु भनेर । आत्मशक्ति पनि छ । तर, सबै तह र पक्षको सहयोगको आवश्यक पर्छ ।’ मन्त्री पाठकले भने, ‘तपाईँहरु मसँग समन्वय र सहकार्य गर्नू, परिवर्तन म गर्छु ।’ सबैको साथ र सहयोग पाएमा परिवर्तन गरेर देखाउने सकिने उनको भनाई थियो ।
उनले आफू मन्त्री भएको एक हप्ता वितिसक्दा पनि मन्त्रालयमा सचिव नभएको समेत बताए । सचिव नहुँदा मन्त्रालयको पूर्ण जानकारी लिने काम समेत हुन नसकेको उनले बताए ।
मन्त्री पाठकले स्वास्थ्य सुधारको क्षेत्रमा सक्दो परिवर्तन गरेर अगाडि बढ्ने बताए । आफू स्वास्थ्य क्षेत्रको विज्ञ नरहेपनि यस क्षेत्रका सम्बन्धमा जानकार भएको र पार्टीले जिम्मेवारी दिएर पठाएकाले यस क्षेत्रको सुधारमा काम गर्न आवश्यक सुझाव र सल्लाह दिन समेत आग्रह गरे ।
‘म यस क्षेत्रमा विज्ञ व्यक्ति होइन । म त अर्थशास्त्रको विद्यार्थी । स्वास्थ्यको विषय अध्ययनको क्रममा छु, सुझावहरु लिदैँछु । यहाँ समस्या धेरै छन् यसको नीतिगत सुधार गर्न आवश्यक छ’ उनले भने, ‘अझै मन्त्रालयकै सचिव आइपुग्नु भएको छैन । उहाँ आज मात्रै पोखरा आइपुगेको जानकारी पाएको छु । म आएको एक हप्ता एक दिन भयो सचिव छैन ।’
मन्त्री पाठकले अहिले आफू स्वास्थ्य क्षेत्रको अवस्थाका बारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि नीतिगत सुधार गर्न अत्यावश्यक भएको बताए ।
गण्डकी प्रदेशमा मृत्यु हुनेमा ७१ प्रतिशत नागरिक नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउँदै मन्त्री पाठकले खानपिनमा समेत ध्यान दिनुपर्ने बताए । ‘खानपीनमा ध्यान नदिदाँ मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका रोगबाट मृत्यु हुने गरेको र यसको मृत्यु दर घटाउन आवश्यक रहेको छ ।’ उनले भने ।
दुर्गम क्षेत्रमा डाक्टरहरु जान नमानेको र त्यसका लागि विशेष योजनाहरु लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
धवलागिरी उपप्रादेशिक अस्पताललाई मेडिकल कलेज बनाउन त्यस क्षेत्रका जनताको माग र आवश्यकता दुवै रहेकोले त्यसका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने उनले बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार