बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुने २ जना र घाइते एक जनाको पहिचान खुलेको छ।
गाउँपालिकाको जिप दुर्घटनामा परेर रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको छ।
शुक्रबार बिहान भएको दुर्घटनामा उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष ४० वर्षीय जसबहादुर श्रीपालीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा जिप चालक भूमे गाउँपालिका वडा नम्बर ३ का प्रेम पुन घाइते भएका छन्। जिप दुर्घटनाका घाइते चालक प्रेमको पनि अवस्था गम्भीर रहेको छ। उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ।
काठमाडौंबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो। उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन्।

वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए। वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए। तर, वडा नम्बर २ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्कदै थिए।
उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए।
शुक्रबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा उनीहरू सवार जिप दुर्घटनामा परेको थियो। बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ को भुखानीमा रा १ झ २०० नम्बरको सरकारी जिप दुर्घटनामा परेको थियो।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ