बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं २ नरेठाँटीको भुङ्खानी भन्ने स्थानमा आज बिहान भएको जीप दुर्घटनाप्रति गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शोक व्यक्त गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री पाठकले तीन जनाको दुःखद निधन भएको र एक जना घाइते भएको खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन् – ‘उक्त दुर्घटनाबाट ज्यान गुमाउनुभएका गाउँपालिका उपाध्यक्षसहित ३ जना मृतकप्रति भावपूर्ण श्रदान्जली व्यक्त गर्दछु । यस दुःखद घटनामा परी परिवारका सदस्यको निधनबाट शोकमा पर्नुभएका आफन्तजनहरुप्रति हार्दिक समावेदना प्रकट गर्दछु । साथै, यस दुर्घटनावाट घाइते हुनुहुने वर्ष २९ का सवारी चालक प्रेमवहादुर पुनको हाल धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
उनले यस दुःखद घटनामा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको तर्फवाट आवस्यक सहयोग र सहकार्यको लागी प्रतिवद्दतासहित सम्पूर्ण सरोकारवाला निकायमा आवश्यक सहयोगको लागि अपिल पनि गरेका छन् ।

आज बिहान करिब ९ बजेको समयमा रुकुम पूर्वको पृथा उत्तरगंगा गाँउपालिका उपाध्यक्ष सवार भएको रा.१. झ.२०० नम्बरको गाडी ढोरपाटनमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी गाँउपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, ६१ वर्षिया आमा गोपीमाया बुढा र सोही गाँउपालिकाका वडा नं २ का वडा अध्यक्ष जसवहादुर श्रीपाली सहित तीन जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन