पोखरा न्यूरोड स्थित शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सूर्य प्रसाद पौडेल चयन भएका छन् । संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिवमा अशोक पौडेल र कोषाध्यक्षमा होमराज भट्टराई चयन भएका छन् । समितिको सदस्यमा गोविन्द प्रसाद बास्तोला, चीज कुमारी गुरुङ, अमृत पन्त, अनुप पाण्डे र लक्ष्मी देवी बराल चयन भएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता पदमपाणी देवकोटाले जानकारी दिए । नवनिर्वाचित पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए ।
साधारणसभाले ज्ञानेन्द्र थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । समितिको सदस्यमा कालीप्रसाद भुर्तेल र पूर्णकला घर्ती चयन भए ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका रजिष्ट्रार एवं साधारणसभाका प्रमुख अतिथि भेषराज रिजालले पछिल्लो समय सञ्चालकसमेतको मिलेमतोमा कमसल धितो राखेर ऋण लगानी भएका सहकारीहरू समस्या ग्रस्त रहेको र तिनीहरूले चाहेर पनि बचतकर्ताको बचत रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको बताए ।
सहकारीले ऋण लगानी गर्दा भनसुन, प्रलोभन र लोभमा नपरी सुरक्षित धितो बन्धक राखेर कर्जा प्रवाह गरेको खण्डमा कुनै कारणले ऋणीले ऋण तिर्न नसकेको खण्डमा त्यस्तो धितोको लिलामीबाट असुलउपर गर्न सकिने र बचत कर्ताको बचत पनि सुरक्षित हुने रिजालको भनाइ थियो ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं अतिथि शेर बहादुर कार्कीले आफ्नो सहकारीको वित्तीय अवस्था कस्तो छ र कसरी सञ्चालन भएको छ भनेर सेयर सदस्य आफैले चासो राख्न पर्ने बताए । सहकारीको साधारणसभालाई भत्ता बुझ्ने र खाना खाने दिनका रूपमा मात्र लिन नहुने उनले बताए ।
सहकारी अभियन्ता एवं अतिथि भीम गुरुङले कास्कीमा १०/२० वटा सहकारी समस्या ग्रस्त रहेको भए पनि सहकारीको बारेमा चलेको नकारात्मक हल्ला र आर्थिक मन्दीको समेत असर सबै सहकारीमा परेको बताए । सञ्चालक आफैले संस्थाको पैसा मनोमानी हिसाबले चलाउँदा, बिना धितोमा ऋण लगानी गर्दा र खोला छेउ तथा पाखा पखेराका कमसल धितोमा अधिक मूल्य कायम गरी लगानी गर्दा सहकारीहरू समस्या ग्रस्त बनेको उनको भनाई छ ।
संस्थाले साधारणसभाको अवसरमा अघिल्लो आर्थिक वर्षभरमा उत्कृष्ट कारोबार र उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तित्वलाई सम्मान समेत गरेको थियो । ऋण असुलीमा उल्लेखनीय योगदान गर्ने जोखिम व्यवस्थापन उपसमिति संयोजक कुमार आचार्य साधारणसभामा सम्मानित भए ।
उत्कृष्ट कारोबारकर्ताको रूपमा ज्ञान बहादुर पुर्जा, शुष्मा पुन, सुनिता कुमारी श्रेष्ठ, रविलाल पहारी, बबिता अधिकारी भुर्तेल, सन्तोष बराल, हरि प्रसाद अधिकारी, लेखनाथ अधिकारी र विक्रम बहादुर थापा सम्मानित भए । त्यसैगरी, कर्मचारी तर्फ व्यवस्थापक कमल कोइराला, सह- व्यवस्थापक कृष्ण देवी थापा, कर्जा प्रमुख सचिन पाठक र बजार प्रतिनिधि प्रयास सुबेदी सम्मानित भए ।
कार्यक्रम अध्यक्ष राजन पन्तको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु