पोखरा । राष्ट्रिय बाल दिवसको अवसरमा पोखराको प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो ।
नृत्य प्रतियोगितामा कक्षा एकबाट आरुश दाहालको समूहले प्रथम स्थान प्राप्त गर्दा प्रज्ञा सापकोटा र सहना शाही द्वितिय र सचिता सुवेदीको समूह तृतिय भयो । कक्षा २ बाट शासम र ओशनी गुरुङको जोडी प्रथम, रानी थापा र प्रभास सुनारको जोडीले द्वितीय र आरुसी भुजेलको समूह तृतिय भयो ।

यस्तै, कक्षा ३ तर्फ प्रथम रिवास थापाको समूह हुँदा खुशी प्रजाको समूह द्वितिय र आयान गुरुङको समूहले तृतिय स्थान प्राप्त ग¥यो । कक्षा ४ तर्फ बन्दना बालकोटी, विधाता पराजुली र एरिका पौडेल र विध्रिका पण्डितको जोडी क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।
कक्षा ५ बाट रितिसा आचार्यको समूह, रिहाना त्रिपाठीको समूह र ग्रिस्मा भुसाल क्रमशः प्रथम, द्वितिय र तृतिय भएको विद्यालयले जनाएको छ ।
यस्तै, गायनतर्फ कक्षा २ र ३ बाट अभियाना पौडेल प्रथम दिपसन लामिछाने द्वितिय र रितिनराज रेग्मी र प्रनभ त्रिपाठी तृतिय भए । कक्षा ४ र ५ बाट अविन त्रिपाठी, आरभ जि.सी. र प्रिन्सा अधिकारी क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।

विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुली, सह–प्राचार्य प्रदिप खनाल, बुद्धिमोहन पौडेल, अपरेसन इञ्चार्ज तारा केसी, कोर्डिनेटर भगवती सुवेदी, पद्मा पराजुली, निर्मला सुवेदी लगायतले प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले स्वागत मन्तव्य दिदै प्रतिभा माविमा अध्ययनरत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको बताए । विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेको पनि उनले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन