पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्ग विजयी भएका छन् । उनले १ हजार १७७ मत ल्याएर विजयी भएका हुन् ।
प्रतिद्वन्दि बालकृष्ण कोईराला पराजित भएका छन् । उनले १ हजार ४७ मत पाएका छन् । उपमहासचिव पदमा जित हासिल गरेका प्रधानाङ्ग स्वतन्त्र उम्मेदवार हुन् ।
अध्यक्षमा गाेकर्ण कार्की विजयी भए । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे ।

सदस्यहरुको नतिजा
निर्वाचन कमिटिले दिएको जानकारी अनुसार ललित बहादुर कुँवरले सर्वाधिक १५ सय ३९ मत ल्याई विजयी भएका छन् ।
देवेन्दै प्रजुले १५ सय १६ मत ल्याएका छन् भने तेश्रोमा सौगात थापाले १४ सय ९४ मत ल्याएका छन् ।
चौथोमा दुधमान गुरुङ आशिषले १४ सय ६८ मत ल्याई विजयी भएका छन् भने पाँचौमा भिम गौतमले १४ सय ३९ मत ल्याई विजयी भएका छन् ।
छैटौंमा टीकाराम सुवेदीले १३ सय ९४ मत ल्याएका छन् । सातौंमा जीवन कुमार श्रेष्ठले १३ सय ८३ मत लाई विजयी भएका छन् ।
आठौंमा रामचन्द्र तिमिल्सिना ढाकाटोपी बाजेले १३ सय ७५ मत ल्याएका छन् । नवौंमा प्रदीपराज भण्डारीले १३ सय ७० मत तथा दशौंमा यादव प्रसाद पोखरेलले १३ सय मत ल्याई विजयी भएका छन् ।

सम्बन्धित समाचारः
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?