पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्ग विजयी भएका छन् । उनले १ हजार १७७ मत ल्याएर विजयी भएका हुन् ।
प्रतिद्वन्दि बालकृष्ण कोईराला पराजित भएका छन् । उनले १ हजार ४७ मत पाएका छन् । उपमहासचिव पदमा जित हासिल गरेका प्रधानाङ्ग स्वतन्त्र उम्मेदवार हुन् ।
अध्यक्षमा गाेकर्ण कार्की विजयी भए । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे ।

सदस्यहरुको नतिजा
निर्वाचन कमिटिले दिएको जानकारी अनुसार ललित बहादुर कुँवरले सर्वाधिक १५ सय ३९ मत ल्याई विजयी भएका छन् ।
देवेन्दै प्रजुले १५ सय १६ मत ल्याएका छन् भने तेश्रोमा सौगात थापाले १४ सय ९४ मत ल्याएका छन् ।
चौथोमा दुधमान गुरुङ आशिषले १४ सय ६८ मत ल्याई विजयी भएका छन् भने पाँचौमा भिम गौतमले १४ सय ३९ मत ल्याई विजयी भएका छन् ।
छैटौंमा टीकाराम सुवेदीले १३ सय ९४ मत ल्याएका छन् । सातौंमा जीवन कुमार श्रेष्ठले १३ सय ८३ मत लाई विजयी भएका छन् ।
आठौंमा रामचन्द्र तिमिल्सिना ढाकाटोपी बाजेले १३ सय ७५ मत ल्याएका छन् । नवौंमा प्रदीपराज भण्डारीले १३ सय ७० मत तथा दशौंमा यादव प्रसाद पोखरेलले १३ सय मत ल्याई विजयी भएका छन् ।

सम्बन्धित समाचारः
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
सम्बन्धित खबर
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर