पोखरा । कर्मचारी सञ्जय कोषको ६३ औं वार्षिकोत्सव कोषको शाखा कार्यालय पोखराले सोमबार मनाएको छ । गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
प्रमुख अतिथि बस्नेतले सामाजिक सुरक्षाको महत्व अधिक रहेको चर्चा गर्दै राष्ट्रसेवक कर्मचारीहरुको अवकाशपछिको आर्थिक आवश्यकतालाई सम्बोधन गरी भविष्य सुरक्षित बनाउने उद्देश्यले स्थापित यस कोष आवश्यक रहेकोमा जोड दिइन् ।
विशेष अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सामाजिक सुरक्षा कोष बलियो बनाउनुपर्नेमा जोड दिँदै सबैले शेयर लगानी गरी पूँजीलाई अझै राम्रो बनाउनुपर्नेमा जोड दिए । सबै बचतकर्ताहरुको मन जितेर काम गर्नुपर्ने र समयानुसार सेवा वृद्धि गरी अघि बढ्न सुझाव दिए ।
कर्मचारी सञ्चय कोष, पोखरा शाखा कार्यालय प्रमुख मदन सुवेदीले कार्यालयको वार्षिक कार्यप्रगतिको विवरण प्रस्तुत गरेका थिए ।
उनले कार्यालयले अनलाइन सेवालाई ७५ प्रतिशत उपयोग गरिसकेको बताउँदै अब शत प्रतिशत अनलाइनमार्फत् सेवा प्रवाह गर्ने गरी अघि बढेको जानकारी दिए । कोषको मोबाइल एप अत्यन्त प्रभावकारी भएको, कार्यसम्पादन स्तरमा गुणात्मक सुधार भएको बताए ।
कार्यालयका उपप्रबन्धक रामप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक प्रवन्धक महेन्द्र पन्थीले गरेका थिए ।
उक्त अवसरमा कार्यालयका कर्मचारीहरुबीच सञ्चालित विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१९९१ मा सैनिक द्रव्य कोषको रुपमा स्थापना भई २००१ मा निजामती प्रोभिडेन्ड फण्ड र २०१७ मा अर्थ मन्त्रालय अन्तर्गत कर्मचारी सञ्चय कोष विभाग हुँदै कर्मचारी सञ्चय कोष ऐन २०१९ बमोजिम एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित सांको रुपमा वर्तमान कर्मचारी सञ्चय कोषको स्थापना भएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो