गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. १४ चाउथेको विजयपुर उकालोमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा म्याग्दी घर भइ हाल पोखरा-२९ ढुंगेपाटन बस्ने ३७ वर्षका खुमराज तिलिजा रहेका छन् ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे तिलिजाले चलाएको ग२३प ४४७३ नम्बरको बुलेट मोटरसाइकलले बागमती प्रदेशको ०३-००१ख२१६६ नम्बरको कन्टेनरलाई ओभरटेक गर्नेक्रममा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिलिजालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
कन्टेनर र चालक सल्यान घर भएका ३३ वर्षीय रमेश केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
सामाजिक सुरक्षा रकमले बालबालिकालाई शैक्षिक सामाग्री
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
‘दशैंमा गाउँ नै रमाइलो’
हिमाली जिल्ला मुस्ताङमा फूलपातीको रौनक
‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०