स्याङ्जामा नवौं संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ मनाउने क्रममा जिल्ला मुल समारोह समितिले असोज २, ३ र ४ गते नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायतको राष्ट्रभक्तिको विषयमा केन्द्रीत रही विशेष संवाद, परिसंवाद लगायत आम जानकारीका लागि सूचना सम्प्रेषण गर्ने, विद्यालय तथा कलेजमा कविता, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता, सार्वजनिक सवारीसाधनमा राष्ट्रिय झण्डा फहराउन, आम नागरिकहरूलाई आआफ्नो घरको छत तथा बरण्डामा र सार्वजनिक निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा मर्यादापुर्वक राखी दीप प्रज्वलन गरी दिपावली मनाएको हो ।
दिवस मनाउने क्रममा आयोजक मुल समारोह समितिद्वारा बुधवार बिहान स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम गरेर रक्तदाता तथा स्याङ्जा कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरिएको थियो भने साँझ सदरमुकाम स्थित सहिद चोकमा संविधान दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन गरिएको थियो ।
त्यसैगरी, आयोजक मुल समारोह समितिद्वारा बिहिवार जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्राङ्गणमा राष्ट्रिय झण्डा सलामी अर्पण गरी अदालत लाइन, ट्राफिक चोक हुँदै स्याङ्जा बजार परिक्रमा गरेर पुनः प्रशासन कार्यालयमा प्रभातफेरीलाई कोणसभामा परिणत गरिएको थियो ।
स्याङ्जा प्रशासन कार्यालयमा गरिएको कोणसभामा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटि, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले दिवसका अवसरमा सुभकामना व्यक्त गरेका थिए । नेपालीहरुको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानले नागरिकका धेरै हक अधिकार सुनिश्चितता गरेको वक्ताहरुले बताए । वक्ताहरुले मुल कानुनका रुपमा रहेको संविधानका मुल मर्म अनुरुप ऎन, कानुन निर्माण गरी कार्यान्वयनको चरणमा रहिरहेकोमा जोड दिए ।
कार्यक्रममा नौमती तथा नेवारी बाजागाजा सहित विभिन्न भेषभुषामा निस्किएका आम नागरिक साथै सम्पुर्ण सरकारी कार्यालयका, निजामती कर्मचारी, प्रतिष्ठान तथा सार्वजनिक संघसंस्था लगायतको सहभागिता रहेको थियो । पुतलीबजार नगरपालिका सदरमुकाममा रहेका जेष्ठ नागरिक, अशक्त अपांग नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र स्याङ्जाबाट निशुल्क स्वास्थ्य परिक्षण तथा सामान्य उपचार गरी औषधि वितरण गरिएको थियो ।
यसैगरी, शुक्रबार डिभिजन वन कार्यालय स्याङ्जाको व्यवस्थापनमा पुतलीबजार -३ स्थित तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण, गोडमेल तथा सरसफाइ गरी संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ लाई सम्पन्न गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर