काेलम्बो — श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मतगणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले सोमबार पद तथा गाेपनीयताको शपथ लिनेछन् ।
पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए ।
चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो । श्रीलंकाको राष्ट्रपतीय चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको हो ।
श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।
पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२.३१ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत पाएका थिए । दोस्रो कार्यकालको राष्ट्रपति बन्ने दौडमा रहेका राष्ट्रपति रनिल विक्रमासिंघेले १७.२७ प्रतिशत मत मात्र पाए । चुनावमा ३८ जना उम्मेदवार थिए ।
श्रीलंकामा इतिहासकै खराब आर्थिक संकटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका थिए । त्यसयता शनिबार पहिलो चुनाव भएको हो ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर