कास्कीको भुर्जुङ्खोलाबाट कटिङ् ढुङ्गा बोकेर पोखरातर्फ आइरहेको ट्रक लामाचौर पानीट्याङ्कि, अमला बिसौनी चौतारो चोकमा मध्यरातमा दुर्घटना भएको छ ।
भुर्जुङखोलाबाट राती ३ बजे घार्मी हुँदै पोखरातर्फ झरेको अवस्थामा लोड ट्रक अनियन्त्रित भई आमा समूहको घरको पिल्लरमा ठोक्किन पुगी गोविन्द बस्नेतको घरको सटरमा ठोक्किन पुगेको थियो । ग १ ख ५२५८ नम्बरको ट्रकले सटरमा रहेको बसन्त खड्काको फ्रेश हाउसमा क्षति पुर्याएको छ ।
कटिङ ढुङ्गा चालक राजु गिरी स्वयंले ल्याएको र ट्रक ऋषिराम आचार्यको रहेको खुलेको छ । चालक गिरीको खुट्टा भाँचिएको र लामाचौर मेट्रो प्रहरीले तत्काल फिस्टेल अस्पतालमा लगेको थियो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक र ढुङ्गा थप अनुसन्धानका लागि एक्याप पठाइएको छ । कटपिस ढुङ्गा र दुर्घटनाको कारणको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ हजार पिस भन्दा बढी कटिङ ढुङ्गा पोखरा ल्याउँदा अकलाबाट सजिलो सडक हुँदाहुँदै बेसिचोक हुँदै घार्मी उक्लिएर लामाचौरतर्फ रातिको समयमा ल्याइनु रहस्यमय छ । चालक गिरीले एक्याप क्षेत्रबाट ढुङ्गा ल्याएको हुन सक्ने अनुमान गरिएको छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ