पोखरा । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेश र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच क्यासलेस (नगदरहित) मेडिकल सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख गोविन्द देवकोटा र हस्पिटलको तर्फबाट अध्यक्ष डा. आनन्द भट्टराईले हस्ताक्षर गरे ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा नगदरहित मेडिकल बीमालेख लिएका ग्राहकहरुको उपचारको खर्चमध्ये दाबीयोग्य रकम बीमा कम्पनीले हस्पिटललाई भुक्तानी गरिदिने व्यवस्था यो सम्झौताले गर्नेछ ।
साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा आवद्ध कर्मचारी, ग्राहक तथा शेयर सदस्यहरु र उनंका परिवार सदस्यहरूलाई परिचय खुल्ने परिचयपत्रको आधारमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट उपलब्ध गराउने स्वास्थ्य सुविधाहरु अन्तर्गत ओपिडी सेवा बाहेकका अन्य सेवामा छुट सुविधा प्रदान गरिएको छ ।
बेड चार्जमा २० प्रतिशत, सर्जरी अपरेशन र प्रोसिजर चेकजाँचमा १०/१० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत छुट दिइने सम्झौता भएको छ ।
उक्त अवसरमा हस्पिटलका मेडिकल डाइरेक्टर डा.सरोज पोख्रेल, सिईओ प्रकाश बिक, म्यानेजर सुरेशराज सुवेदी, बजार व्यवस्थापक शोभाखर पाण्डे तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख कमल हमाल, शाखा प्रबन्धक जीवलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह