ललितपुरको महानगरपालिका वडा नम्बर २५ सुगम बस्ती नख्खुडाेलबाट खाेलाले बगाएका चार जनामध्ये तीन जनाको जीवितै उद्धार भएको छ । उद्धारको याचनासहित टहरोको छानोमा उभिएका उनीहरूलाई नख्खु खोलाले बगाएको थियो ।
गुहार मागिरहेका बेला अचानक टहराे भत्केपछि उनीहरू खाेलासँगै बगेका थिए । यसरी बगेका चार जनामध्ये दुई जनालाई तेमाल गाउँपालिका ९ काभ्रेका ३३ वर्षीय चणिकलाल तामाङले उद्धार गरेका थिए भने एक जना आफैँ पाैडी खेलेर बाँच्न सफल भएका हुन् । एक जनाको अवस्था भने अहिलेसम्म अज्ञात छ ।
उद्धार गरिएका तीन जनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार रौतहट घर भई सुगम बस्ती टोलमा बस्दै आएका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना साहकाे चणिकलालले उद्धार गरेका हुन् । राजुका भाइ २२ वर्षीय राज साहले पाैडेर ज्यान जाेगाए । राजुकी छोरी करिब ४ वर्षीया शेर्तु साहकाे अवस्था अज्ञात छ । उनको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।
मानिसहरू बगेको देखेपछि नख्खु खोलामा हाम फालेर चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भएका हुन् । राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले खाेलाबाट निकालेका थिए ।
ज्यानको याचनाबीच कतैबाट सहायता प्राप्त नहुँदा त्यही बेला फुत्त नख्खु खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट बगेका चार जना करिब ३ सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गर्न सफल भए ।
राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले निकालेका थिए ।
काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । उनी पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह