हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ ।
सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।
उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोमा पुरिएको विद्यार्थीहरूको शव निकालेर काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो ।
कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।
क्याम्पमा रहेका अन्य विद्यार्थी सुरक्षित रहेको उनले बताए । सुरक्षित रहेका ३४ जनालाई पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।
सम्बन्धित खबर
ब्रेक फेल भएको बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु
हेटौँडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भेटिएन
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
मकवानपुरमा पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जना बालक सबै मृत भेटिए
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?