काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो ।
यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।
‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कास्कीमा संस्थागत विद्यालय बन्द नहुने, सरकारीबारे स्थानीय तहले केही बताएन
यद्यपी, कास्कीमा बाढी पहिरो प्रभाव बढी नपरेकाले पठनपाठन र परीक्षा जारी राख्न संस्थागत (निजी) विद्यालय सञ्चालकहरु एकमत भएका छन् ।
हिसान कास्कीका सचिवसमेत रहेका नदीपुर स्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटाले कास्कीमा प्रभाव कम परेको हुँदा संस्थागत विद्यालयहरूमा जारी परीक्षा तथा पठनपाठन कार्य निरन्तरता गर्ने बारेमा एकमत रहेको जनाए ।
सरकारी विद्यालय बन्द हुने नहुनेबारे भने स्थानीय तहले कुनै जानकारी दिएका छैनन् ।

त्रिभुवन विश्वविद्यालयमा भोलि हुने परीक्षा असोज २१ गते हुने
त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।
अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले भोलिका लागि तय BSc/BA, BEd र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो।
स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ। स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।
आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने
त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले आज स्थगित भएको प्रवेश परीक्षा असोज १७ गते गर्ने भएको छ। भारी वर्षाका कारण परीक्षा दिन आउने विद्यार्थीहरू बाटोमै रोकिएपछि आजका लागि तोकिएको परीक्षा स्थगित गरेको थियो।
आज स्थगित गरिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा १७ गते गर्न लागिएको निमित्त डीन डाक्टर किशोर चन्द्र दाहालले जानकारी दिए।
असोज १७ गते सानो भर्याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने दाहालले बताए।
परीक्षा दिनका लागि काठमाडौँ हिँडेका विद्यार्थीहरू नारायण मुग्लिङ सडक खण्डमा अलपत्र परेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उनीहरू अलपत्र परेका हुन्।
सरकारले समेत तत्काल सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयसँग सम्पूर्ण परीक्षा स्थगित भएका छन्।

सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो