पोखरा । कोपिला बाल गृहको सामाजिक लेखा जोखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा–१२ स्थित सितलादेवीमा अवस्थित बाल गृहको शनिबार एक कार्यक्रमका बीच सामाजिक लेखा जोखा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णुमाया पौडेलले बालगृहहरूले सरकारले तयार पारेको नीति नियममा रहेर सरकारलाई नै सहयोग गरिरहेको बताइन् । उनले पुनःस्थापनाका क्रममा बालबालिका अभिभावक र समुदायसँग घुलमिल हुन नसकिरहेको सुनिने गरेको भन्दै त्यसको कारण खोज्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘यहाँ बसेका बालबालिका भोलि पुनःस्थापना क्रममा घरपरिवार र समाजसँग घुलमिल नहुन सक्छ । त्यसको कारण पत्ता लगायर सहजिकरण गर्नेतर्फ अहिल्यै तयारी गर्नुपर्छ ।’ उनले जन्मदर्ता नभएकै कारण बाल गृहका बालबालिकाले पढाई छोड्न नपर्ने गरि आफुहरुले सरोकारवाला निकायहरुसँग समन्वय गरेर समस्याको समाधान गरिरहेको पनि बताइन् ।
महानगर बालकल्याण अधिकारी बेलकुमारी गुरुङले बालक भन्दापनि बालिका बढि जोखिममा रहेको बताउँदै उनीहरुलाई बालगृहसम्म आउनै नपर्ने वातावरण बनाउन सरोकारवाला सबैले सचेतना मूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् गण्डकीका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालगृहमा रहेका बालबालिका समाजमा राम्रोसँग पुनःस्थापना हुन नसके उनीहरुमा गरिएको लगानीको अर्थ नरहने बताए । उनले त्यसका लागि सबै गम्भीर हुन पर्नेमा जोड दिए । उनले बालगृह आफुहरुको मूल्याङ्कनमा राम्रो रहेको भन्दै यसलाई अझ राम्रो बन्ने गरि अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धिबहादुर थापाले सामाजिक लेखा जोखा विधि पूर्वक गरेकोमा प्रशंसा व्यक्त गरे । उनले कोपिला बालगृह सबै हिसावले उत्कृष्ट लागेको बताए । उनले कास्कीमा २६ वटा बालगृह सञ्चालनमा रहेको बताए । ती मध्य अनुमति प्राप्त कोपिला सहित २१ वटा, २ वटाले अस्थायी अनुमति र ३ वटा बालगृहले अनुमति प्राप्त गर्ने क्रममा रहेका जानकारी दिए ।
कार्यक्रममा बालगृहमा बसेर इञ्जिनियरीङ विषयको अध्ययन हालै पुरा गरेकी विद्यार्थी सरिता नेपालीले बालगृहमा बस्दाको अनभुभव र प्राप्त वातावरणको बारेमा बोलेकी थिइन् ।
सितलादेवी टोल विकास संस्थाका अध्यक्ष सुशिला श्रेष्ठले कोपिला बाल गृहले गरेको प्रशंसनीय कार्यको चर्चा गर्दै अझ बढि प्रगतीको शुभकामना व्यक्त गरिन् । उनीहरुले घरमा भन्दा बालगृहमा रहेका बालबालिकाहरुले राम्रो स्याहार सुसार पाएको महशुस गरेको बताइन् ।
२०६३ साल पुषमा स्थापना भएको बालगृहमा ४२ जनाले आवासिय संरक्षण र ३९ जनाले शैक्षिक छात्रवृत्तितर्फ गरि ८१ जना बालबालिकाले सेवा प्राप्त गरेका छन् । यस वर्षमात्रै ३ जना बालबालिका समाजमा पुनस्थापित भएको बालगृहकी निर्देशक रमिला श्रेष्ठले जानकारी दिइन् । बालगृहले पहिले बैल गृह मै आवासीय संरक्षण पाएका तर १८ बर्ष उमेर पूरा भएका १२ जनालाई सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत उच्च शिक्षा अध्ययनकालागि शैक्षिक सहयोग र बाह्य आवास सुबिधा प्राप्त गरेका छन् । बालगृहमा १० जना पुरा समय र ६ जना आंशिक गरि १६ जना कर्मचारीहरु रहेका छन् ।
संस्थाका अध्यक्ष भुपालजंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले सामाजिक लेखा जोखा परिक्षण प्रस्तुति, सदस्य सुरेशकुमार मानन्धरले स्वागत र संचालन सचिव सुरजित सेन ठकुरीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह