पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी सडखण्डमा एक पछि अर्को गरी सवारी दुर्घटना हुन थालेपछि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान क्षेत्रीले हालै गरिएको कालोपत्रे उप्काइदिएका छन्।
सडक मर्मत नगरे डोजर चलाइदिन्छु भनेर चेतावनी दिएका अध्यक्ष चुमानले मंगलबार साँझ सडक कालोपत्रे गरिएको बिटुमिन उप्काइदिएका हुन्।
आँबुखैरेनी गाउँपालिकाको चोकदेखि बजारको चोकसम्मको बिटुमिन डोजर नै चलाएर उप्काइदिएका छन्।

जेठदेखि सडक मर्मतका लागि सडक डिभिजन कार्यालय दमौलीलाई अनुरोध गरे पनि काम नभएको अध्यक्ष चुमानले बताए। सडकमा सवारी चिप्लिएर तीन दर्जनको हाराहारीमा दुर्घटना भएको उनको भनाइ छ।
वैशाखमै मर्मतका लागि अनुरोध गरेपछि बिटुमिन थपिएको थियो। त्यसपछि बिटुमिन पग्लिएर सडक चिप्लिदा दैनिक जसो दुर्घटना भइरहेको उनले बताए ।
सडक डिभिजन कार्यालयसँग गाउँपालिकाले मर्मतका लागि अनुमति माग्दासमेत नपाएपछि उनले दुर्घटना रोक्न यसबाहेकको अरु विकल्प नभएको बताए ।
‘गाउँपालिकाले काम गर्छ भन्दा पनि हुँदैन भन्नुहुन्छ। आफैंले मर्मत पनि नगर्ने। झन्डै तीन दर्जन बढी दुर्घटना भयो’, उनले भने – ‘अब बिटुमिन उप्काइदिएपछि मर्मत गर्लान् ।’
मंगलबार बिहान फेसबुकमा लेख्दै साँझसम्म मर्मतको काम सुरु नभए डोजर चलाएर भत्काइदिने उनले चेतावनी दिएका थिए। उनी लेख्छन्, ‘अब के डोजर लायो भनेर पालिकालाई मुद्दा लाउन आउनुहोला।’
सबै तस्वीरः आरिफ मिया
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ