सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले तत्काल निकास नदिए विकल्प खोज्ने भएको छ ।
दुई तिहाईको निर्णयबाट प्रदेश राजधानी कैलालीको गोदावरी घोषणा भएको ६ वर्षसम्म कार्यान्वयन नभएपछि पदेश सरकारले विकल्प खोज्ने बताएको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारले एक महिनाभित्र गोदावरीमा राजधानी निर्माणका लागि प्रक्रिया अगाडि नबढाए विकल्प खोज्ने बताए ।
मुख्यमन्त्री शाहले प्रधानमन्त्री र अन्य दलका शीर्ष नेताहरूलाई राजधानीका बारेमा निकास दिन लिखित र मौखिक अनुरोध गरेको बताए । ‘एक महिनाभित्र प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको छु,’ उनले भने, ‘होइन भने वैकल्पिक व्यवस्थाबारे सोच्नुपर्छ भनेर मैले आग्रह गरिसकेको छु । अब फेरि एकपटक संघ सरकारलाई अनुरोध गर्छु । भएन भने आगामी प्रदेशसभाको अधिवेशनमा उपयुक्त निर्णय गरेर अघि बढ्छु ।’
प्रदेशसभाको अधिवेशनमा राजधानीको विषयले अब प्रवेश पाउने उनको दाबी थियो । सुदूरपश्चिम प्रदेश सरकारको राजधानी कैलालीको गोदावरी घोषणा भएको असोज १२ मा ६ वर्ष पूरा भएको छ ।
२०७५ असोज १२ मा पहिलो प्रदेशसभाको दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बरको वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । उक्त प्रस्तावको पक्षमा तत्कालीन नेकपा (माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादी) का ३८ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका दुई सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन् ।
स्थायी राजधानी गोदावरी बनाउने निर्णय भएको ६ वर्षसम्म पनि त्यहाँ कुनै योजना अगाडि बढ्न सकेको छैन ।
गोदावरी राजधानी नभए अहिलेको अस्थायी राजधानी धनगढी, धनगढी र गोदावरीको मध्य भाग गेटा, डोटीको दीपायल तथा डडेल्धुरालाई विकल्पका रूपमा हेरिएको छ ।
सम्बन्धित खबर
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
बालेनको प्रचारका क्रममा अछाममा ढलेका पत्रकार दिनेश सिटौला रहेनन्
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो