पोखरा । क्षेत्री समाज नेपाल पोखरा-१६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रासहित विधिपूर्वक महाआरती गर्ने भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित ऐतिहासिक चण्डिका, कालिका र अम्बिका मन्दिरमा सो कार्यक्रम हुने भएको हो ।
क्षेत्री समाजका अनुसार असोज २४ गते फूलपातीका दिन बिहान कलश यात्रासहित शुभकामना आदानप्रदान, चियापान र साँझमा महाआरती गरिनेछ ।
विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर, राजपँधेरा हुँदै कालिका मन्दिरमा पुगेर कार्यक्रमा परिणत हुने समाजका निवर्तमान अध्यक्ष सन्दिप थापाले जानकारी दिए ।
उनका अनुसार कलश यात्रामा तमु, मगर, तामाङ, गन्धर्व, विश्वकर्मासहित विभिन्न आठ समुदायले आआफ्नो भेषभुषासहित सहभागी हुने र यात्रामा नौमती बाजा र भजन चुड्का प्रस्तुत गरिने छ ।

सप्तमीका दिन चण्डिका मन्दिर, अष्टमीका दिन कालिका मन्दिरमा महाआरती हुनेछ । सो अवसरमा विभिन्न समुदाय, आमा समूह तथा टोल विकास संस्थाले सहयोग गर्ने सचिव गोविन्दबहादुर थापा ‘राजेन्द्र’ले बताए ।
क्षेत्री समाजका सल्लाहकार बेनीबहादुर बस्नेतले पोखरा-१६ लाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकार दुर्गा केसी थापा, समाजका सदस्य दिलबहादुर थापा, क्षेत्री महिला समाजकी उपाध्यक्ष मनु बस्नेतलगायतले बाटुलेचौरलाई त्रिदेवी तीर्थस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
यसअघि हिमालय क्लबले घटस्थापनादेखि कालिका मन्दिरमा दुर्गा पूजा तथा सन्ध्याकालीन आरती गरिरहेको थियो ।
समाजका कार्यवाहक अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव थापाले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह