पोखरा । क्षेत्री समाज नेपाल पोखरा-१६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रासहित विधिपूर्वक महाआरती गर्ने भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित ऐतिहासिक चण्डिका, कालिका र अम्बिका मन्दिरमा सो कार्यक्रम हुने भएको हो ।
क्षेत्री समाजका अनुसार असोज २४ गते फूलपातीका दिन बिहान कलश यात्रासहित शुभकामना आदानप्रदान, चियापान र साँझमा महाआरती गरिनेछ ।
विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर, राजपँधेरा हुँदै कालिका मन्दिरमा पुगेर कार्यक्रमा परिणत हुने समाजका निवर्तमान अध्यक्ष सन्दिप थापाले जानकारी दिए ।
उनका अनुसार कलश यात्रामा तमु, मगर, तामाङ, गन्धर्व, विश्वकर्मासहित विभिन्न आठ समुदायले आआफ्नो भेषभुषासहित सहभागी हुने र यात्रामा नौमती बाजा र भजन चुड्का प्रस्तुत गरिने छ ।

सप्तमीका दिन चण्डिका मन्दिर, अष्टमीका दिन कालिका मन्दिरमा महाआरती हुनेछ । सो अवसरमा विभिन्न समुदाय, आमा समूह तथा टोल विकास संस्थाले सहयोग गर्ने सचिव गोविन्दबहादुर थापा ‘राजेन्द्र’ले बताए ।
क्षेत्री समाजका सल्लाहकार बेनीबहादुर बस्नेतले पोखरा-१६ लाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकार दुर्गा केसी थापा, समाजका सदस्य दिलबहादुर थापा, क्षेत्री महिला समाजकी उपाध्यक्ष मनु बस्नेतलगायतले बाटुलेचौरलाई त्रिदेवी तीर्थस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
यसअघि हिमालय क्लबले घटस्थापनादेखि कालिका मन्दिरमा दुर्गा पूजा तथा सन्ध्याकालीन आरती गरिरहेको थियो ।
समाजका कार्यवाहक अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव थापाले गरेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो