पोखरा । दसैँको टीकाको दिन पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका, स्थानीय प्रशासन र यातायात व्यवसायीहरूको सहकार्यमा महानगर क्षेत्रका विभिन्न ८ वटा रुटहरूमा १८ वटा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले दसैंको दिन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क, फेदी–हेमजा–हरिचोक–पृथ्वीचोक,लामाचौर–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–पृथ्वीचोक–बिरौटा–सहिदचोक–लेकसाइड, राजाकोचौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक–बाग्लुङ् बसपार्क, काँहुखोला–महेन्द्रपूल–पृथ्वीचोक–जिरो कि.मी–हल्लनचोक, वेगनासताला–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो ।
यातायात व्यवसायीकाे अग्रसरतामा निशुल्क बस सञ्चालन गर्न लागिएको र यसका लागि आफूहरुले सहजीकरण मात्रै गरिदिएको प्रजिअ पाण्डेको भनाइ थियो ।
पोखरा यातायात प्रालि, स्थानीय यातायात प्रालि, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, वेगनासताल पोखरा यातायात प्रालिले तोकिएका रुटहरूमा निशुल्क सेवा प्रदान गर्नेछन् । यसका लागि पोखरा महानगरपालिकाले चालक र सहचालकलाई भत्ता उपलब्ध गराउने छ । पहिला बसलाई इन्धन उपलब्ध गराउने भनिए पनि धेरै बस हुने भएकाले भत्तामात्र उपलब्ध गराउन लागिएकाे पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले बताए ।
यातायात व्यवसायी केदार पौडेलले सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले दसैंका दिन बस सञ्चालन गर्न लागिएकाे बताए । अर्का व्यवसायी योगेन्द्र केसीले पहिलोपटक निशुल्क बस सञ्चालन गर्न लागिएकाले यो आफूहरुका लागि पनि सिकाइ बन्ने बताए । पोखरेली ट्याक्सी व्यवसायी समितिले यसका लागि १ सय ५० लिटर डिजेल उपलब्ध गराउने सो समितिका शोभाकान्त पोखरेलले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ