पोखरा । दसैँको टीकाको दिन पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका, स्थानीय प्रशासन र यातायात व्यवसायीहरूको सहकार्यमा महानगर क्षेत्रका विभिन्न ८ वटा रुटहरूमा १८ वटा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले दसैंको दिन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क, फेदी–हेमजा–हरिचोक–पृथ्वीचोक,लामाचौर–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–पृथ्वीचोक–बिरौटा–सहिदचोक–लेकसाइड, राजाकोचौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक–बाग्लुङ् बसपार्क, काँहुखोला–महेन्द्रपूल–पृथ्वीचोक–जिरो कि.मी–हल्लनचोक, वेगनासताला–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो ।
यातायात व्यवसायीकाे अग्रसरतामा निशुल्क बस सञ्चालन गर्न लागिएको र यसका लागि आफूहरुले सहजीकरण मात्रै गरिदिएको प्रजिअ पाण्डेको भनाइ थियो ।
पोखरा यातायात प्रालि, स्थानीय यातायात प्रालि, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, वेगनासताल पोखरा यातायात प्रालिले तोकिएका रुटहरूमा निशुल्क सेवा प्रदान गर्नेछन् । यसका लागि पोखरा महानगरपालिकाले चालक र सहचालकलाई भत्ता उपलब्ध गराउने छ । पहिला बसलाई इन्धन उपलब्ध गराउने भनिए पनि धेरै बस हुने भएकाले भत्तामात्र उपलब्ध गराउन लागिएकाे पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले बताए ।
यातायात व्यवसायी केदार पौडेलले सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले दसैंका दिन बस सञ्चालन गर्न लागिएकाे बताए । अर्का व्यवसायी योगेन्द्र केसीले पहिलोपटक निशुल्क बस सञ्चालन गर्न लागिएकाले यो आफूहरुका लागि पनि सिकाइ बन्ने बताए । पोखरेली ट्याक्सी व्यवसायी समितिले यसका लागि १ सय ५० लिटर डिजेल उपलब्ध गराउने सो समितिका शोभाकान्त पोखरेलले बताए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’